मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो

काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौवटामा रिपब्लिकन पार्टी पछाडि रहेको बताइएको छ । महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताले पार्टीलाई दबाबमा पारेको छ। विभिन्न सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीप्रति ३० देखि ३६ प्रतिशत अमेरिकी मात्रै सन्तुष्ट छन् । अमेरिकामा खाद्यान्न, घरभाडा र इन्धनको मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाएको छ । सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीले वस्तुको मूल्य आफ्नो आम्दानीभन्दा तीव्र गतिमा बढिरहेको बताएका छन् । इरानसँगको युद्ध र विदेश नीतिप्रति पनि असन्तुष्टि बढेको सर्वेक्षणहरूले देखाएका छन् । ट्रम्पको लोकप्रियता घटेपछि रिपब्लिकन पार्टीका केही उम्मेदवारले समेत उनका नीतिबाट दूरी बनाउन थालेका छन् । मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक वा दुवै सदनमा बहुमत हासिल गरे ट्रम्पलाई आफ्नो नीति कार्यान्वयन गर्न कठिन हुन सक्ने विश्लेषण भइरहेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

अमेरिकामा सरकारी ठगीको सूचना दिनेलाई ३० हजार डलरसम्म पुरस्कार
संघीय कार्यक्रम र सरकारी रकमको दुरुपयोग अन्त्य गर्ने प्रयास तीव्र पारिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले यस्तो घोषणा गरेका हुन् । ...
_bwmLIOJRof.jpg)
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने... ...

सबै किन्न पाइन्छ अमेरिकामा, तर दसैंको उत्साह पाइन्न
अमेरिकामा दसैं मनाउन चाहिने अक्षता, जमरा, पूजाका सामान वा मासु-मिठाई सबै बजारमा किन्न पाइन्छ । तर, गाउँको आत्मीयता, रोटे पिङको मच्चाइ अनि परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाइने दसैंको मौलिक न्यानोपन कुनै सुपरमार्केटमा किन्न पाइँदैन रहेछ। ...

बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौँ- बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको ...


