मध्यपुर थिमिमा मल्लकालीन युद्धकला झल्काउने खाँ पिहाँवइगु जात्रा सम्पन्न

काठमाडौं । असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन्। तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिने परम्परा छ। जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ। जात्राका अवसरमा बालकुमारीमा कुभिन्डो मार हानेर बलि दिइन्छ। बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ। जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दसैँको दोस्रो दिन विदेशिने युवाको लर्को
काठमाण्डु – नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाण्डुस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा […] ...

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
गणेश खनालअर्घाखाँची, कात्तिक ५ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –२ भूमिस्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। ढाकावाङ–सन्धिखर्क सडक खण्डमा बुधबार बिहान... ...

कोप ३१: पर्वतीय र जलवायु बित्तको विषयलाई प्राथमिकता दिन सुझाव
नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ। मन्त्रालयअन्तर्गत जलवायु... ...

दसैंमा पनि रोकिएन विदेशिने लर्को
काठमाडौं।नेपालीहरूको प्रमुख पर्व बडादसैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ। दसैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौं नेपाली युवा–युवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ। विमानस्थल हुँदै विभिन्न ...


