Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मधेशमा दशैँका बेला दुर्गा पूजा : नृत्यदेखि कुस्तीसम्मको रौनक

मधेशमा दशैँका बेला दुर्गा पूजा : नृत्यदेखि कुस्तीसम्मको रौनक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशमा दशैँका बेला दुर्गा पूजा : नृत्यदेखि कुस्तीसम्मको रौनक

तराई मधेशमा बडा दशैँलाई दशहरा, दुर्गापूजा, नवरथा वा नवरात्रिका नामले मनाइन्छ। देवी दुर्गाको आराधनामा केन्द्रित यो पर्व धार्मिक आस्था, लोकसंस्कृति र सामूहिक सहभागिताको विशिष्ट सङ्गमको रूपमा मानिन्छ। गाउँका देवी स्थानदेखि सहरका भव्य पण्डालसम्म फैलिने दशहराको रौनकमा मातालाई खोइच भर्ने परम्परा, धार्मिक मेला, झिझिया नृत्य र सामूहिक पूजाले विशेष महत्त्व राख्ने गरेको छ।तराई मधेशमा दशहराको तयारी घटस्थापना अघिदेखि नै सुरु हुन्छ।पूजा समिति गठन गर्ने, चन्दा सङ्कलन गर्ने, पण्डाल बनाउने र माटोका देवीदेवताको प्रतिमा तयार पार्ने काम करिब एक महिना अगावैदेखि गरिन्छ। घटस्थापनाका दिन घर तथा आँगन सफा गरी पूजा आरम्भ गरिन्छ भने कतिपय स्थानमा यो दिनलाई 'कलस्थापन' पनि भनिन्छ। धार्मिक राजनीतिको चक्रव्युहमा तराई मधेश फस्न सक्ने चिन्ता, कस्तो छ त्यहाँको परिदृश्यकानुन नबन्दा मिटरब्याज साहुले 'टेरेनन्', आयोग अप्ठ्यारोमा कतिपय परिवारले घरमै जौको जमरा उमार्छन् भने धेरै ठाउँमा सामूहिक रूपमा जमरा राख्ने चलन पनि छ।वीरगन्जका अभिषेक कुमारले आफू तीन वर्षदेखि दशैँको विशेष नौ दिनसम्म व्रत बस्ने गरेको र यसले मनमा ऊर्जा मिल्ने गरेको बताउँछन्।सामूहिक दुर्गा पूजा र देवी स्थानको महत्त्वतराई मधेशको दशहराको प्रमुख विशेषता सामूहिक रूपमा दुर्गा पूजा गर्नु पनि हो। गाउँ टोलका स्थानीय बासिन्दाहरू मिलेर खर्च जुटाउने र पूजा व्यवस्थापन गर्ने परम्परा रही आएको छ। कतिपय समुदायमा ग्रामदेवीलाई 'सातोमाई' तथा ग्रामदेवतालाई 'ब्रह्मबाबा' वा 'दिहबार' का रूपमा श्रद्धा गरिन्छ। नवरात्रिका बेला यस्ता देवीदेवताको स्थानमा पूजा, दीप प्रज्वलन र भाकल गर्ने चलन रहेको पण्डित पुरुषोत्तम दुबे बताउँछन्।वीरगन्जको गहवामाई, विन्दवासिनी माई, वैष्णोदेवी, बाराको गढीमाई र जनकपुरको राजदेवी लगायतका शक्ति पीठमा श्रद्धालुको चहलपहल बढ्ने गरेको छ। तर अत्यधिक खर्च गर्ने प्रतिस्पर्धा पनि बढ्नु पर्वको बदलिँदो स्वरूप र चुनौतीको विषय रहेको सांस्कृतिविद् औँल्याउँछन्।झिझिया नृत्य : मधेशको मौलिक पहिचानतराई मधेशको दशहरासँग जोडिएको एक प्रमुख लोकपरम्परा झिझिया नृत्य हो। विशेषगरी मिथिला क्षेत्रमा प्रचलित यस नृत्यमा महिलाहरूले धेरै प्वाल पारिएको माटोको घैँटोभित्र दियो बालेर टाउकोमा राख्छन् र गीत गाउँदै नाच्छन्।घटस्थापनादेखि सुरु हुने झिझिया कतिपय ठाउँमा दशमीसम्म र कतै पूर्णिमासम्म चल्छ। जनकपुरकी शोभा मिश्राले नृत्यका गीतमा आसुरी शक्तिको विरोध र नकारात्मकतामाथि सकारात्मकताको विजयको भाव व्यक्त गरिने बताउँछिन्। झिझिया महिलाको सामूहिक सहभागिता र मौखिक लोकसंस्कृति संरक्षणको परम्पराका रूपमा पनि हेरिन्छ।फूलपातीमा खोइच भर्ने चलनफूलपातीका दिन दुर्गा भगवतीलाई खोइच भर्ने विशेष परम्परा छ। महिलाहरूले स्नान गरी पूजा गरेपछि साडीको आँचल थापेर फूल, अक्षता र अन्य पूजा सामग्री देवीलाई अर्पण गर्छन्। यसरी खोइच भर्दा मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि आउने जनविश्वास छ।सर्लाहीकी मञ्जु देवीका अनुसार नव विवाहित महिलालाई माइत वा ससुरालीसँग जोडिएका संस्कारमा खोइच दिने चलन छ। देवीलाई खोइच अर्पण गर्ने परम्पराले धार्मिक आस्थासँगै पारिवारिक संस्कार र महिलाको सांस्कृतिक सहभागिता प्रतिबिम्बित गर्छ।पूजा, व्रत र बली परम्परानवरात्रिका बेला मधेशका विभिन्न स्थानमा नियमित पूजा, आरती र व्रत गरिन्छ। कतिपय ठाउँमा घटस्थापनामा स्थापना गरिएको दुर्गाको प्रतिमाको आँखा छोपेर सप्तमीका दिन खोल्ने चलन छ। अष्टमी वा नवमीमा भाकलअनुसार खसी, बोका, राँगा, हाँस वा परेवाको बलि दिने परम्परा केही शक्ति पीठमा प्रचलित छ। शाकाहारी भक्तजनले कुभिन्डो र घिरौँलाजस्ता तरकारीलाई प्रतीकात्मक बलिका रूपमा चढाउँछन्।नवमीका दिन नौ कन्यालाई भोजन गराउने चलनलाई कुमारी भोजन भनिन्छ। दशमीमा देवीको पूजा तथा विसर्जन गरिन्छ। कतिपय समुदायमा जमरा र टीका लगाउने चलन छ।मेला, नेटुवा नाँच र कुस्तीको आकर्षणदशहराका बेला मधेशका विभिन्न मन्दिर, शक्तिपीठ र धार्मिक स्थलमा मेला लाग्छ। मेलामा खेलौना, मिठाई र स्थानीय परिकारका पसल राखिन्छन्। कतिपय स्थानमा नेटुवा नाच, लोकनृत्य, भजनकीर्तन र रामलीला आयोजना गरिन्छ।भाकल गरेकाहरूले आँचल, रुमाल वा गम्छामाथि नेटुवा नाच्न पवरिया नाम दिइएका मानिसहरूमार्फत् नाच्न लगाउने र माताको आशीर्वाद लिने परम्परा छ। वीरगञ्जकी भाग्यमनी देवीका अनुसार घरमा समस्या पर्दा वा बिरामी निको होस् भनेर भाकल गरी पारम्परिक नेटुवा नाँच गराएर माताको आशीर्वाद लिने चलन छ। मधेश प्रदेशका छात्रालाई साइकल र ल्यापटपका वाचादशैँको यात्रामा निस्कँदै हुनुहुन्छ? यी कुरा थाहा पाइराख्नुहोस् पहिले गाउँगाउँमा नेपाल तथा भारतका पहलवानबीच 'दंगल' भनिने कुस्ती प्रतियोगिता आयोजना गर्ने चलन थियो। अहिले केही ठाउँमा रामलीला, परम्परागत नाच र कुस्ती प्रतियोगिता घट्दै गएका छन् भने कतै आधुनिक गीतसङ्गीत र डीजेले स्थान लिएको देखिन्छ।मधेशमा वर्षे धान भित्र्याएपछि र अर्को बालीको काम सुरु हुनुअघिको समय धेरै किसानका लागि फुर्सदिलो समय हुन्छ। यही अवधिमा दसहरा, दीपावली र छठजस्ता पर्व पर्ने भएकाले गाउँबस्तीमा उत्सवको माहोल हुन्छ। पर्वका लागि पूजा सामग्री, खाद्यान्न, लत्ताकपडा र मिठाई किन्न मानिसहरू बजार पुग्ने गरेका छन्। मेला र हाटबजारमा व्यापारी तथा साना व्यवसायीको कारोबार बढ्छ भने टाढा टाढा रहेका मानिस आफन्त परिवारसँग भेटघाट गर्न फर्कन्छन्। यसरी पर्वले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्ध नवीकरण गर्ने अवसर दिने गरेको महोत्तरीकी बुधनी देवी बताउँछिन्। दशैँतिहारको बिदामा बालबालिकालाई कसरी भुलाउने चाडपर्व खर्च पाउनुभयो? नपाएको भए उजुरी गर्ने व्यवस्था यस्तो छ बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको पहल
ताजा खबरJust now

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको पहल

बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्‍यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्याहरूलाई मुख्य विषय बनाएका छन्। र्‍यापर... ...

रातोपाटी
चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो
ताजा खबरJust now

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन ...

केन्द्रबिन्दु
तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]
ताजा खबरJust now

तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]

महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play