मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। गत प्रतिनिधि सभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्। उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए। आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्। यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो। आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको शुक्रबार विज्ञप्ति निकालेर बताएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रको मूल बाटोमा फर्काउनुपर्छ: गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम)बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तर... ...

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा फूलपातीको दिन आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । वर्षको नौ दिन नवरात्रका अवधिमा मात्रै खुल्दै आएको उक्त मन्दिर... ...

मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी
नयाँ दिल्ली । दिल्लीको एक अदालतले चर्चित भारतीय युट्युबर ध्रुव राठीविरुद्ध सन् २०१८ को मानहानिको एउटा मुद्दामा जमानती पक्राउ पुर्जी जारी गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो मुद्दा मे २०१८... ...

काठमाडौंमा ‘द गभर्नर्स टेबल’, ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव
काठमाडौ । ह्विस्कीको स्वाद, सुगन्ध र त्यससँग जोडिएको परिष्कृत आतिथ्यलाई केन्द्रमा राख्दै ‘द गभर्नर्स टेबल’ नामक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । सागर डिस्टिलरी लिमिटेडको ब्रान्ड ‘द गभर्नर’द्वारा याक एन्ड यतिको डाइनास्टी हलमा बिहीबार आयोजित निमन्त्रणा–आधारित कार्यक्रममा आमन्त्रित पाहुनाहरूले ह्विस्कीका विविध पक्षबारे जानकारी लिनुका साथै विशेष स्वाद अनुभव गर्ने अवसर पाए । कार्यक्रम परम्परागत स्वाद चाख्ने सत्रमा मात्र सीमित थिएन । ...


