मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो । आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको शुक्रबार विज्ञप्ति निकालेर बताएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित
३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान गरिएको हो । पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ । सत्य, तथ्य र निष्पक्षताका साथ जनसरोकारका विषयहरू उजागर गर्दै पत्रकारिता क्षेत्रमार्फत समाजलाई जवाफदेही… ...

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने त्रिवि क्रिकेट मैदानको स्फेरिकल भ्यू । ...

छलफलपछि पत्रकार किशोर श्रेष्ठ घर फर्किए
भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार साइबर ब्युरोमा भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् । ...


