Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

10/27/2026, 9:33:35 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् । धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र पुरस्कार दिइने उनले उल्लेख गरेका छन् । ‘विगतका निर्वाचन वा आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधलीबारे सूचना दिने जोकोहीलाई धाँधली गराउने व्यक्ति पक्राउ परी दोषी ठहरिएपछि १० लाख डलर दिइनेछ,’ ट्रम्पले लेखेका छन् । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई संसद्का दुवै सदनमा नियन्त्रण कायम गर्ने प्रतिस्पर्धाका रूपमा हेरिएको छ । यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनको विधायिकी एजेन्डा र वासिङ्टनको राजनीतिक शक्ति सन्तुलनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको मध्यबिन्दुमा हुने मध्यावधि निर्वाचन प्रत्येक दुई वर्षमा हुने नियमित संसदीय निर्वाचनको हिस्सा हो । यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि मतदान हुन्छ । यसबाहेक देशभरका विभिन्न राज्य तथा स्थानीय तहमा पनि निर्वाचन हुन्छ । मध्यावधि निर्वाचनलाई राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा समेत लिइन्छ । संसद्का दुवै सदनमा राष्ट्रपतिको दलको पकड कमजोर भएमा सरकारलाई आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन हुन सक्छ । ट्रम्प प्रशासनले आर्थिक चुनौती र घट्दो लोकप्रियताबीच निर्वाचनको सामना गरिरहेको छ । द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो । उक्त प्रकाशनले सन् १९९० देखि मध्यावधि निर्वाचनअघि राष्ट्रपतिहरूको अनुमोदन दरबारे गरेको सर्वेक्षणमध्ये यो न्यून स्तर भएको समाचारमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

संघीयतामा बदलिँदो बजार : गाउँमै उदाउँदैछन् नयाँ-नयाँ व्यापारिक केन्द्र
OthersJust now

संघीयतामा बदलिँदो बजार : गाउँमै उदाउँदैछन् नयाँ-नयाँ व्यापारिक केन्द्र

मुसीकोट नगरपालिका भलाक्चाका ६७ वर्षीय जितबहादुर नेपाली युवा अवस्थामा बिहानै घरबाट खाना बोकेर जिल्ला सदरमुकाम खलंगा पुग्थे । उनका लागि आवश्यक कृषि सामग्री र घरायसी सरसामान किन्न पुग्नैपर्ने ठाउँ थियो, खलंगा । तर त्यहाँसम्मको यात्रा सहज थिएन । उनले उकाली–ओराली र जंगलका साँघुरा बाटो हुँदै हिँडेर खलंगा पुग्नुपथ्र्यो । वर्षायाममा पहिरो र हिलोले यात्रा अझ कठिन बन्थ्यो । समय, श्रम र ...

पर्दाफास
पाकिस्तानका खेलाडीले एनपीएल खेल्नेबारे अन्योल
OthersJust now

पाकिस्तानका खेलाडीले एनपीएल खेल्नेबारे अन्योल

पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ । ...

अनलाइन खबर
एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड
OthersJust now

एनआरएनएभित्र एकता अझै बाँकी, सबै पक्ष एक ठाउँमा आउनुपर्नेमा जोड

दशैं, तिहार, नेपाल संवत्, छठपर्वलगायत नेपालीहरूका महान् चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र व्यापक सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याइएको छ । कार्यक्रममा सहभागी एनआरएनएका अभियन्ता तथा नेतृत्व तहका व्यक्तित्वहरूले संस्थालाई बलियो बनाउन, गुमेको साख पुनः स्थापित गर्न र साझा एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच एकता अपरिहार्य रहेको बताएका छन्। शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ...

पर्दाफास
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
OthersJust now

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज २९ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन् । बैंकले प्रतिकित्ता […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play