Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो

मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो

10/21/2026, 5:45:25 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मटिहानीस्थित लक्ष्मीनारायण मठबाट विजयादशमीको शोभायात्रा निकालियो

महोत्तरीको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठ (मन्दिर) बाट विजयादशमीको अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको परम्परागत शोभायात्रा आज विधिवत् रूपमा निकालिएको छ। विजयादशमीको पावन अवसरमा बाजागाजासहित भगवान् श्री लक्ष्मीनारायणलाई डोलामा विराजमान गराई मन्दिरबाट निकालिएको शोभायात्राले मटिहानी र भारतको मधवापुर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उक्त जात्रामा भक्तजन तथा स्थानीयवासीको सहभागिता रहेको थियो। यसैबीच, विजयादशमीकै दिन लक्ष्मीनारायण मठ मन्दिरमा नेपाली सेनाको गोरखनाथ गणबाट खटिएको एक टुकडीले भगवान् श्री लक्ष्मीनारायणप्रति सलामी अर्पण गरेको छ। मठ मन्दिरमा पहिलोपटक भगवान् श्री लक्ष्मीनारायणलाई नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस शोभायात्राले मटिहानी क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग
OthersJust now

बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग

४ कात्तिक, काठमाडौं । बेलायती सांसद रूपर्ट लोवले बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकहरूलाई बेलायतमा सरकारी सुविधा दिन नहुने बताएका छन्। उनले यसको कडा विरोध गरेका छन्। रूपर्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'हाम्रो देशमा कुनै पनि बङ्गलादेशी, पाकिस्तानी वा भारतीय नागरिकले सरकारी लाभको दाबी गर्नु हुँदैन। एक पैसा पनि दिनु हुँदैन।' यसअघि मे महिनामा पनि लोवले… ...

अनलाइन खबर
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
OthersJust now

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । यसरी ...

पर्दाफास
भारतमा प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
OthersJust now

भारतमा प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले भारतमा हालैका महिनाहरूमा भएका प्रदर्शनहरूमा प्रहरीको कडा कारबाहीलाई लिएर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयले भारतीय अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न र रक्षा गर्न आग्रह गरेको छ। त्यसैगरी उसले मानवाधिकार उल्लङ्घनका घटनाहरूमा न्याय सुनिश्चित गर्न पनि भनेको छ। संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले भारतीय अधिकारीहरूलाई यसअघि पनि… ...

अनलाइन खबर
एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० मान्यता
OthersJust now

एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० मान्यता

४ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता पाएका छन् । क्यानले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । 'आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play