मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र नक्सा तयार गरेका छन् । यसले भविष्यमा मंगल ग्रहमा अन्वेषण, मानव बस्ती स्थापना तथा खाद्य उत्पादनका लागि सम्भावित स्थान पहिचान गर्न वैज्ञानिकहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयद्वारा जारी विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताहरूले मंगल ग्रहका करिब ८० करोड स्थानलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरेका छन् । कक्षीय अवलोकन र विभिन्न वैज्ञानिक मोडेलको प्रयोगबाट तयार गरिएको नक्साले मंगल ग्रहमा कुन प्रकारको माटो कहाँ पाइन्छ भन्ने जानकारी प्रदान गर्छ । अनुसन्धानको नेतृत्व गर्नुभएका सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङका अनुसार यसअघि वैज्ञानिकहरूले मंगल ग्रहको भूगर्भ, खनिज संरचना र रासायनिक गुणहरूको नक्साङ्कन गरिसकेका थिए। तर, नयाँ प्रणालीले माटोका विभिन्न गुणलाई एउटै संरचनामा समेटेर तिनको आपसी सम्बन्ध र भौगोलिक वितरण बुझ्न सहयोग पुर्याउनेछ । अनुसन्धानकर्ताहरूले माटोको बनावट, खनिज संरचना, पीएच (अम्लीय वा क्षारीय अवस्था) र तहको मोटाइका आधारमा वर्गीकरण गरेका छन् । यस प्रणालीमा माटोलाई १० प्रमुख समूह, १०० उपसमूह र दुई हजार विस्तृत प्रकारमा विभाजन गरिएको छ । अध्ययनको प्रारम्भिक परीक्षणका रूपमा अनुसन्धानकर्ताहरूले बिरुवा उत्पादनका लागि उपयोगी हुन सक्ने माटोका विशेषताहरूको मूल्याङ्कन गरेका थिए । त्यस क्रममा ‘नोहिबारेथ’ नाम दिइएको माटोको एक प्रकार सबैभन्दा सम्भावनायुक्त देखिएको छ। शून्यदेखि एकसम्मको मापनमा यसले ०.९३ अङ्क प्राप्त गरेको अनुसन्धानमा उल्लेख छ । यद्यपि, यस निष्कर्षको अर्थ मंगल ग्रहको माटोमा सिधै बाली उब्जाउन सकिन्छ भन्ने नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । भविष्यमा मंगल ग्रहमा मानव बस्ती स्थापना गरी खाद्य उत्पादन गर्न नियन्त्रित वातावरण, पानी, आवश्यक पोषक तत्त्व तथा सम्भावित हानिकारक पदार्थको उचित व्यवस्थापन आवश्यक पर्नेछ । माटो विज्ञानसम्बन्धी जर्नल ‘क्याटेना’ मा प्रकाशित यस अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई जनाउन ‘एरेथ्स’ शब्द प्रस्ताव गरेको छ । यो शब्द मंगल ग्रहसँग सम्बन्धित प्राचीन ग्रिक नाम ‘एरेस’ बाट लिइएको हो । अनुसन्धान टोलीका अनुसार पृथ्वीमा मंगल ग्रहको माटोसँग मिल्दोजुल्दो मिश्रण तयार गरी नियन्त्रित अवस्थामा थप परीक्षण गर्न सकिनेछ। भविष्यमा मंगल ग्रहमा पठाइने रोभरबाट प्राप्त मापन तथा त्यहाँबाट ल्याइने माटोका नमुनाले पनि तयार गरिएका वैज्ञानिक मोडेलको विश्वसनीयता जाँच्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ
काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ...

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको... ...

१० बजे १० समाचार : गगनले सम्हाले पार्टी सत्ता, मधेसका मुख्यमन्त्रीको पद धरापमा
काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको ३१ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १. गगनले... ...

करेन्ट लागेर महिलाको मृत्यु
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया ठगमाया बास्तोलाको मृत्यु भएको छ। घर नजिकै रहेको बिजुलीको खम्बाबाट झरेको तारबाट प्रवाह भएको करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए। घटनापछि बास्तोलाको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार लगिएको ... ...


