Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो। मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट चट्टान र धुलोका नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित जापानले ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) ले मङ्गल ग्रहका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लगाउने लक्ष्यसहित ‘मार्स मुन एक्सप्लोरेसन’ (एमएमएक्स) अभियान अघि बढाएको हो। जाक्साका अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान ४ बजेर ४१ मिनेटमा प्रक्षेपण गर्ने तयारी छ। प्रक्षेपणको करिब एक वर्षपछि अन्तरिक्षयान मङ्गल ग्रहको नजिक पुग्नेछ। त्यसपछि फोबोसको तीन वर्षसम्म परिक्रमा गर्दै कम्तीमा १० ग्राम नमूना सङ्कलन गर्ने योजना छ। अभियानअन्तर्गत फ्रान्सेली हास्य पात्र एस्टेरिक्सको कुकुरको नामबाट ‘इडिफिक्स’ नामकरण गरिएको रोभर पनि पठाइनेछ। उक्त रोभरले फोबोसको सतहको अवलोकन गरी नमूना सङ्कलनका लागि उपयुक्त स्थान पहिचान गर्न सहयोग गर्नेछ। एमएमएक्सका परियोजना प्रबन्धक यासुहिरो कावाकात्सुका अनुसार मङ्गल ग्रह प्रणालीबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने यो विश्वकै पहिलो अभियान हुनेछ। यसले मङ्गल ग्रहको अन्वेषणका साथै भविष्यमा मानवलाई मङ्गल ग्रहसम्म पुर्‍याउन आवश्यक प्रविधिको विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ। अन्तरिक्षयानले मङ्गल ग्रहको अर्को चन्द्रमा डिमोसको पनि अध्ययन गर्नेछ। वैज्ञानिकहरूका लागि फोबोस र डिमोसको उत्पत्ति अझै रहस्यकै विषय छ। यी चन्द्रमा मङ्गल ग्रहसँग अर्को खगोलीय पिण्ड ठोक्किएपछि बनेका हुन् वा मङ्गलको गुरुत्वाकर्षणले क्षुद्रग्रहलाई आफ्नो कक्षमा तानेपछि बनेका हुन् भन्ने प्रश्नको उत्तर खोज्नु अभियानको प्रमुख उद्देश्य हो। यसको अध्ययनबाट चट्टानी ग्रहमा जीवनका लागि अनुकूल वातावरण कसरी विकसित भयो भन्ने बुझ्न मद्दत पुग्न सक्ने वैज्ञानिकहरूको अपेक्षा छ। अभियानमा सहभागी फ्रान्सेली खगोलशास्त्री प्याट्रिक मिशेलका अनुसार फोबोसबाट प्राप्त नमूनाले पानी र जैविक पदार्थ सौर्यमण्डलका ग्रहसम्म कसरी पुगे भन्ने विषयमा महत्त्वपूर्ण सङ्केत दिन सक्छन्। अभियानमा फ्रान्स, जर्मनी, अमेरिका र युरोपका अन्तरिक्ष निकायसहित करिब २० विश्वविद्यालय तथा प्रविधि कम्पनी सहभागी छन्। यसअघि जापानले सन् २०२० मा हायाबुसा–२ अभियानमार्फत एउटा क्षुद्रग्रहबाट ५.४ ग्राम चट्टान र धुलो पृथ्वीमा ल्याएको थियो। तर, मङ्गल ग्रहको गुरुत्वाकर्षणको प्रभाव रहेको क्षेत्रबाट नमूना लिएर पृथ्वी फर्कनुपर्ने भएकाले एमएमएक्स अभियान थप चुनौतीपूर्ण मानिएको छ। यसैबीच चीनले पनि मङ्गल ग्रहबाट नमूना ल्याउने योजना अघि बढाएको छ। चीनले सन् २०२८ तिर तियानवेन–३ अभियान प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहको सतहबाट नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ। वैज्ञानिकहरूका अनुसार फोबोसबाट प्राप्त चट्टान र बालुवाले मङ्गल ग्रहको सतहबाट सीधै सङ्कलन गरिएका नमूनाभन्दा फरक प्रकृतिको जानकारी दिन सक्छन्। त्यसैले एमएमएक्स अभियानले मङ्गल ग्रह र यसका चन्द्रमाको इतिहाससँगै सौर्यमण्डलको विकासक्रम बुझ्न नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
ताजा खबरJust now

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण

जुम्ला । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए । गाउँपालिकाले... ...

रातोपाटी
जुम्लामा मार्सीधान काट्ने चटारो
ताजा खबरJust now

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दसैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताइन् । किसानहरुको दैनिकी अहिले बिहानैदेखि... ...

रातोपाटी
सरकारले ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
ताजा खबरJust now

सरकारले ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध

सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो । मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ ९३० ले निषेधित […] ...

समयपोष्ट
सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
ताजा खबरJust now

सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play