Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकै र भटमासको मूल्य वृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
Photo / Coverage: नेपालन्युज

चितवन। विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ। यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ। यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन्। नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै रु ३६ मा खरिद हुने गरेको थियो। अहिले भारतीय मकैको मूल्य प्रतिकिलो रु ५४ र नेपाली मकैको मूल्य रु ५० भन्दा माथि पुगेको छ। यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो रु ८७ र८८ बाट बढेर रु ९५/९६ पुगेको छ। नेपालमा मकै र भटमासको पिना सबैभन्दा बढी कुखुराको दानामा प्रयोग हुन्छ। दानामा मकै ५० देखि ६० प्रतिशतसम्म प्रयोग हुन्छ भने भटमासको पिना २५ प्रतिशत प्रयोग हुन्छ। कुखुराको दानामा यसका अतिरिक्त थोरै मात्रामा तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिनजस्ता वस्तु प्रयोग हुन्छन्। ढुटोको मूल्यसमेत प्रतिकिलो रु ३५ बाट ४७ पुगेको छ। सापकोटाका अनुसार दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ। यससँगै विदेशबाट आयात हुने भटमासको पिना पहिले ६० दिनमा आइपुग्ने गरेकामा अहिले ९० दिन लाग्न थालेको छ। जसका कारण खर्च बढेको उनले बताए। नेपालमा भटमासजन्य पदार्थ वार्षिक तीन लाख ५० हजार मेट्रिक टन खपत हुन्छ। ती सबै तेस्रो मुलुकबाट आयात हुने गर्छन्। यस्तै, मकै वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म खपत हुने गरेको छ। जसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आउने गरेको छ भने बाँकी नेपालकै उत्पादनले धान्ने गरेको छ। भारतमा मकैको मूल्य बढेपछि अहिले कुखुराको दानामा प्रयोग नहुने कमजोर गुणस्तरको मकै इथानोल उत्पादनका लागि भारत जाने गरेको उनले जानकारी दिए। कच्चा पदार्थको मूल्य अत्यधिक बढेपछि दाना उत्पादकहरूले ब्रोइलर कुखुराको दानाको मूल्य प्रतिकिलो रु पाँच र लेयर्स कुखुराको दानाको मूल्य? चार बढाएका छन्। हाल दानाको मूल्य प्रतिकिलो रु ५५ देखि ७५ सम्म पर्ने गरेको छ। सापकोटाले तत्कालका लागि राहत दिन दानाको मूल्य बढाइएको भए पनि वास्तविक लागत धान्न नसक्ने अवस्था रहेकाले मूल्य थप बढ्ने बताए। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दानाको लागत मूल्य बढेसँगै अण्डाको उत्पादन लागत प्रतिगोटा रु दुईदेखि तीनसम्म बढेको बताए। यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा कायम भएको थियो। दानाको लागत मूल्य प्रतिकिलो करिब रु १० ले बढ्ने भएपछि अण्डाको उत्पादन लागतसमेत बढेको उनले बताए। लागत मूल्यसमेत नपाएर धेरै किसान विस्थापित भइरहेको अवस्थामा लागत मूल्य नजिक पुगेको केही समयमै दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान थप संकटमा पर्ने उनको भनाइ छ। उनले भने, “छिट्टै लागत मूल्य पाउने वातावरण किसानलाई गराउन सकिएन भने बाँकी रहेका अण्डा उत्पादक किसान पनि विस्थापित हुन्छन्।” नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन्। पुराना किसानले लगानी थपेको र नयाँ किसानसमेत व्यवसायमा आएकाले उत्पादन बढेको हुँदा बजारको माग धान्न सम्भव भएको हो। ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको लागत मूल्य बढेपछि चल्ला र मासुको उत्पादन लागत बढेको बताए। जिउँदो कुखुरा प्रतिकिलो लागत रु २१० हाराहारी रहेकोमा बढेर रु २३० भन्दा बढी पुगेको बताए। यस्तै लेयर्स कुखुराको चल्ला प्रतिगोटाको लागत मूल्य रु १२० बाट रु १५० र ब्रोइलर चल्ला रु ६५ बाट रु ८० पुगेको उनको भनाई छ। लामिछानेले दानाको कच्चा पदार्थको मूल्य अश्वभाविक बढ्दा पशु र पन्छीको उत्पादन लागतमा वृद्धि भएको बताए। यसबाट गाईभैँसीको दूधको लागत, माछा उत्पादनको लागत मूल्य, बङ्गुरको लागत मूल्य सबै बढेको छ। जसको प्रत्यक्ष प्रभाव बजारमा देखिन थालेको किसानले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप
Latest NewsJust now

वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप

वीरगञ्ज महानगरपालिकाको विकास निर्माण तथा विभिन्न सामग्री आपूर्ति गरेका ठेकेदार र व्यवसायीहरू लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक संकट ...

हाम्राकुरा
धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट
Latest NewsJust now

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ ।सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको ख... ...

गोरखापत्र
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष
Latest NewsJust now

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

वासिङ्टन । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको ...

केन्द्रबिन्दु
कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह
Latest NewsJust now

कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play