भ्रातृप्रेममा ‘पाँच पाण्डव’को ‘दाजुभाइजस्ता हुँदैनन् अरू’

काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को पहिलो गीत ‘दाजुभाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ । दाजुभाइबीचको आत्मीयता, प्रेम र मिलनको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ । गीतमा अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरि बरालको शब्द रचना छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका पाँच मुख्य कलाकार हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला दाजुभाइका रूपमा प्रस्तुत हुनुहुन्छ । युधिष्ठिरको भूमिकामा रहनुभएका हरिवंश स्वर्गलोकबाट आफ्ना भाइहरूको खोजीमा पृथ्वीलोक आएको प्रसंगलाई भिडियोमा देखाइएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गर्नुभएको हो । वसन्त निरौलाको निर्देशनमा बनेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, इभा गिरी, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेललगायत कलाकारको पनि अभिनय छ । चलचित्रकी निर्मात्रा काली रानी श्रेष्ठ हुनुहुन्छ भने नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहनुभएको छ । नवीनले यसअघि चलचित्र ‘लाज शरणम्’ निर्माण गर्नुभएको थियो । पत्रकार सुशील पौडेलको लेखन रहेको यस चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन, उत्तम न्यौपानेको ध्वनि संयोजन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ । चलचित्रमा पुकार धिमालको भिएफएक्स, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

चलचित्र ‘बाटुलो जून’ शीर्ष गीत सार्वजनिक (भिडिओ)
काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राम अविरल विष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर छ । संगीत संयोजन गायक योगीले नै गरेका छन् । चलचित्रको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शीर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्त फिचर्ड छन् ...

अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति सन् २०२९ सम्म धकेलियाे
काठमाडौं। संयुक्त राष्ट्र संघको महासभाले नेपाल र बङ्गलादेशलाई अति कम विकसित मुलुक (एलडीसी) को श्रेणीबाट स्तरोन्नति (ग्र्याजुएसन) हुनका लागि आवश्यक तयारी अवधि तीन वर्ष थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बसेको महासभाको बैठकले प्रस्ताव पारित गर्दै नेपालको एलडीसी स्तरोन्नतिका लागि तोकिएको साबिकको समय सीमालाई २४ नोभेम्बर २०२९ सम्म विस्तार गरेको हो। नेपालसँगै बंगलादेशको पनि स्तरोन्नति ...

नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौली बस्ने ६५ वर्षीया रब्बुल देवानको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको धारामा... ...

नेपालका थप ६ हिमाललाई मान्यताको पहल
काठमाडौं।नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाल समावेश गर्न अन्तर्राष्ट्रिय पहल थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन्। नेपाल पर्वतारोहण संघमार्फत अघि सारिएको प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई ...


