भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइने उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन् । उनले भनेका छन्, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।’ परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उल्लेख गर्दै उनले इमानदार प्रयास, अठोट र सामूहिक मेहनतबाट विकृति हटाउन सकिने बताएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध बनाउने तथा टाढिएका आफन्त र साथीभाइसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने बताएका छन् । उनले सबैलाई आआफ्नो क्षमताअनुसार दसैँ मनाउँदै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न पनि आग्रह गरेका छन् । The post भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विजया दशमीले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले विजया दशमीका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरु, पुरोहित ...

आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ४ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार न्यूनतम थोक मूल्य प्रतिकेजी बन्दा (लोकल) रु ४०, स्थानीय काउली रु ६०, रातो मूला रु ३०, सेतो मुला (हाइब्रिड) रु ५० र तराई गाजर रु ८० रुपैयाँ छ। प्रमुख तरकारीको थोक मूल्य (प्रति केजी) ... ...
![दशैँमा प्रदान गरिने आशीर्वचनको महत्व र अर्थ के ? [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-niroula-.jpg)
दशैँमा प्रदान गरिने आशीर्वचनको महत्व र अर्थ के ? [भिडियो]
धार्मिक मान्यताअनुसार भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग पनि विजयादशमी जोडिएको छ । ...

दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्। बडादसैंको अवसरमा शुभकामना दिँदै सभापति लामिछानेले पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा […] ...


