भोटेकोशी विपद्को पुनर्स्थापना र पुनर्निर्माणमा साढे ६ खर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान

काठमाडौं, कात्तिक ११ । सरकारले भोटेकोशी विपद्बाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि झन्डै ६ खर्ब ३४ अर्बदेखि ६ खर्ब ४१ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले प्रारम्भिक पुनर्स्थापनाका लागि मात्रै तत्काल ५७ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ७ अर्ब ६९ करोड रुपैयाँ आवश्यक रहेको जानकारी दिनुभयो । सरकार एक्लैले आवश्यक रकम जुटाउन नसक्ने भएकाले अन्तर्राष्ट्रिय ‘लस एन्ड ड्यामेज फन्ड’बाट २० मिलियन अमेरिकी डलर अर्थात् झन्डै २ अर्ब ७० करोड रुपैयाँ प्राप्तिका लागि प्रस्ताव पेस गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले विपद्बाट प्रभावित ४९ वटै वडामा कृषि, पशुपक्षी, जमिन र जैविक विविधतामा भएको क्षतिको विस्तृत विवरण मन्त्रालयसँग माग गर्नुभएको छ । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसान सूचीकरण र उत्पादकत्वका आधारमा क्षतिको अन्तिम मूल्याङ्कन भइरहेको र विवरण चाँडै समितिलाई बुझाइने बताउनुभयो । समितिले कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्ने कार्यतालिका बनाएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाउन उज्यालो नेपालको माग
काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त … ...

मेटलाइफ नेपालद्वारा सरल र सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु
काठमाडौं । ग्राहकको विश्वास अझ सुदृढ बनाउने उद्देश्यसहित मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ। यस सेवामार्फत ग्राहकले फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसँग सम्बन्धित अद्यावधिक जानकारी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन्। नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार सुरु गरिएको यस सेवाले दाबी प्रक्रियामा ग्राहकको पहुँच र पारदर्शित… ...

सिटिजन्स बैंकका ग्राहकहरूलाई एथलीट ल्यान्डमा आकर्षक छुट
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले एथलीट ल्यान्ड प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंकले गरेको सम्झौता बमोजिम एथलीट ल्यान्ड बालकुमारी, खरीबोट, ललितपुरमा ...

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्टदेखि स्ट्रीट कल्चरसम्मको अनुभव
काठमाडौं । युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा प्रस्तुत गर्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीतलगायत मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःश… ...


