Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग, पुनर्लाभका लागि ३ करोड ६० लाख डलर दिने प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग, पुनर्लाभका लागि ३ करोड ६० लाख डलर दिने प्रतिबद्धता
Photo / Coverage: पर्दाफास

अमेरिकाले गत भदौमा भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायको उद्धार, पुनर्लाभ तथा नेपालको स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि सहयोग जारी राखेको छ। अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी बाढीपछिको पुनर्लाभ, मानवीय सहायता र स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमबारे छलफल गरेकी छन्। अमेरिकाले नेपालको बाढी प्रतिकार्य तथा पुनर्लाभका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसमध्ये अमेरिकी विदेश मन्त्रालयको विपद् तथा मानवीय प्रतिकार्य कोषमार्फत युनिसेफलाई २५ लाख डलर उपलब्ध गराइएको छ। उक्त रकम बालबालिका तथा जोखिममा रहेका समुदायका लागि आपत्कालीन खानेपानी, सरसफाइ, स्वच्छता र बाल संरक्षण सेवामा खर्च गरिनेछ। त्यस्तै, बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्लामा खोप सेवा र खोप भण्डारण व्यवस्था पुनर्स्थापना गर्न अमेरिकाले १ लाख ७६ हजार डलर सहयोग गरेको छ। यसका अतिरिक्त ‘अमेरिका फर्स्ट’ विश्वव्यापी स्वास्थ्य रणनीतिअन्तर्गत मातृ तथा बाल स्वास्थ्य एवं पोषण सुधारका लागि युनिसेफमार्फत १ करोड २० लाख अमेरिकी डलर लगानी भइरहेको छ। अमेरिकी सहयोगबाट स्तनपान प्रवर्द्धन, शिशु आहारसम्बन्धी सेवा तथा भिटामिन र खनिजयुक्त पूरक आहारको प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, नेपालमा भिटामिन तथा खनिज तत्त्वको कमीको अवस्था पहिचान गर्न राष्ट्रिय सूक्ष्म पोषकतत्त्व सर्वेक्षण सञ्चालनमा समेत सहयोग पुगेको छ। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले बाढीपछि तत्काल सहायता परिचालन गर्न तथा प्रभावित समुदायसम्म राहत पुर्‍याउन युनिसेफले गरेको प्रयासको प्रशंसा गर्दै नेपालमा पोषण सुधारका क्षेत्रमा लामो समयदेखि कायम सहकार्यका लागि धन्यवाद दिएकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इलामको पशुपतिनगरबाट १६ लाख बढीको सामान बरामद
OthersJust now

इलामको पशुपतिनगरबाट १६ लाख बढीको सामान बरामद

१० मंसिर, काठमाडौं । इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतीनगरले चालु आर्थिक वर्षको सामान महिनादेखि ९ मंसिरसम्म अवैध रुपले चोरी पैठारी तथा निकासी हुँदै गरेका १६ लाख ५३ हजार २ सय ५० रुपैयाँ बराबरको… ...

अनलाइन खबर
एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग
OthersJust now

एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग

नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु संरचना र ग्रासरुट क्रिकेट। ...

अनलाइन खबर
समयमै राफसाफ नगरेपछि ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन
OthersJust now

समयमै राफसाफ नगरेपछि ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन

१० मंसिर, काठमाडौं । समयमै कारोबार राफसाफ तथा फर्स्याैट नगरेपछि नेप्सेले ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन गरेको छ । तीन दिनका लागि पुतलिसडकस्थित मनी वर्ल्ड सेयर एक्स्चेन्ज प्रालिले कारोबार गर्न पाउने छैन । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निलम्बनका लागि सिफारिस भई आएकोले निलम्बन गरिएको नेप्सेले एक सूचनामार्फत जनाएको छ । नेप्सेका अनुसार धितोपत्र कारोबार… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement