भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागी आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। जग्गा पहिचान गरिसकेकोले छिट्टै पुनस्थापनाको काम अगाडी बढाउने उनले बताए । विपद् प्रभावितलाई गर्न पुनःस्थापना उपयुक्त जग्गा पहिचानका लागि नापी विभागका महानिर्देशकको अध्यक्षतामा गठित समितिले आवश्यक जग्गा पहिचान गरेको उनको भनाइ छ । प्रभावित नागरिकलाई आफ्नो पुरानो बसोवास क्षेत्रबाट टाढा स्थानान्तरण गर्दा पुनःस्थापनामा समस्या हुन सक्ने भएकाले सम्भव भएसम्म प्रभावित क्षेत्रनजिकै उपयुक्त जग्गा पहिचान गरिएको उनले बताए । पहिचान भएका जग्गामा बस्ती विकास तथा पुनःस्थापनाको काम भने पूर्वाधार विकास मन्त्रालयले गर्ने उनले जानकारी दिए । पुनःस्थापनाका लागि आवश्यक निजी जग्गा खरिद तथा जग्गा अधिग्रहण प्रक्रियामा सहजीकरण गर्न कानूनी संशोधनबारे छलफल भइरहेको पनि उनले बताए । हाल जग्गा अधिग्रहणको प्रक्रिया लामो हुने गरेको गुनासो सम्बोधन गर्न कानूनी व्यवस्था सहज बनाउने विषयमा मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । जिल्ला समन्वय समितिको भुमिकालाई थप प्रभावकारी बनाउने तथा भू–उपयोग योजनामार्फत जोखिमयुक्त क्षेत्रमा बस्ती विकासलाई व्यवस्थित गर्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए । उनले भने, “जग्गा पहिचान गर्नको लागि मन्त्रालयको अन्तर्गतको नापी विभाग छ, नापी विभागको महानिर्देशकको अध्यक्षतामा एउटा समिति पनि गठन गरेका थियौँ, त्यो समितिले जग्गा पहिचानको काम गरिसकेको छ । हामीले सकेसम्म जहाँ प्रभावित छन्, त्यहीँ नजिकै स्थानान्तरण गर्ने तयारी गरेका छौँ, टाढा व्यक्तिहरू गएर बस्न सक्दैनन् । हामीले घर बनाइदिउँ भने पनि गएर बस्दा रहेनछन्, हाम्रो अन्यत्र जिल्लाहरूमा त्यो अनुभव भयो । जग्गाहरू पहिचान गर्ने काम मन्त्रालयले ग¥यो, पहिचान गरेको जग्गामा अब कहाँनेर उपयुक्त हुन्छ भनेर वस्ती बसाउने काम पुवाधार विकास मन्त्रालयले गर्छ । उपयुक्त स्थानमा यो बस्ती बसाउने कामहरू छिट्टै शुरु हुन्छ ।” उनले भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बाट भएको क्षतिको वडागत विवरण संसदीय विशेष समितिलाई उपलब्ध गराउने पनि जानकारी दिए । समितिले मन्त्रालयसँग वडागत क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो । सचिव भुजेलले प्रभावित क्षेत्रको क्षतिको विवरण, पुनःस्थापना लागी स्थानीय तह तथा अन्य मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिए ।उनले भोटेकोशी बाढीबाट १६ वटा सहकारी संस्था प्रभावित भएको बताए । ती संस्थाको पुनरुत्थानका लागि एशियाली ऋण सहयोगसम्बन्धी संस्थाबाट सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । उक्त सहयोगका लागि अर्थ मन्त्रालयको सहमति आवश्यक रहेकाले सहमतिपछि प्रभावित सहकारीको पुनरुत्थानमा सहयोग प्राप्त हुने उनले बताए । उनले ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह
काठमाडौँ । नेपाल पर्यटन बोर्डले चक्रवात अर्नबको प्रभावले भारी वर्षा र हिमपात हुनसक्ने भएकोले सतर्कता अपनाउन पर्यटकहरूलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चक्रवात... ...

डा. गोविन्द केसीले फेरि सुरु गरे सत्याग्रह, यी हुन् ६ माग
काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागसहित वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । आफ्ना पूर्ववर्ती मागहरु सरकारको पूरा नगरेको भन्दै असन्तुष्ट बन्दै आएका डा. केसीले इलाम पुगेर सत्याग्रहको घोषणा गरेका हुन् । उनले यसपालीको सत्याग्रहमा विभिन्न ६ वटा मागहरु अघि सारेका छन् । बिहीबार अपरान्ह ५ बजेबाट सत्याग्रह सुरु […] ...

विश्वविद्यालयको म्यापिङ र पूर्वाधार मूल्याङ्कन अघि बढेको छ: मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको म्यापिङ तथा विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कन अघि बढाइएको बताएका छन्। बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिने गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा... ...

श्रीलङ्काको नीलमणि सम्पदामा विदेशी व्यापारीको नाफा: बहुमूल्य रत्नको व्यापारमा श्रीलङ्का नै घाटामा पर्दै ?
बढी नाफा कमाउँदा श्रीलङ्काले आफ्नो रत्न सम्पत्ति दिइरहेको छ? ...


