Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ जना स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसैगरी, सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६२३ जना विदेशी नागरिकको विवरणसमेत बैठकमा प्रस्तुत भएको जनाइएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्नसक्ने व्यवस्था छ । यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण सङ्कलन गरिएको थियो । विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो । बैठकले ‘सबैका लागि पूर्वसूचना (अर्ली वार्निङ फर अल) राष्ट्रिय मार्गचित्र, २०८३–२०८७’ पनि स्वीकृत गरेको छ । उक्त मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्‍याउने लक्ष्य राखेको छ । यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गरिने जनाइएको छ । त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना, २०८३/८४–२०९१/९२ स्वीकृत गरेको छ । बैठकले वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३–२०८७ समेत स्वीकृत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो

काठमाडौं । भारत–ए राइजिङ स्टार्स एसिया कपबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलमा श्रीलंका–एले भारतलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । योसँगै श्रीलंका चौथो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि श्रीलंकाले सन् २०१७, २०१८ र २०२४ मा पनि फाइनल खेलेको थियो । कतारको दोहामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ...

केन्द्रबिन्दु
तुम्लिङले तान्दै छ पर्यटक
Latest NewsJust now

तुम्लिङले तान्दै छ पर्यटक

इलाम समाचारदाता इलाम, मङ्सिर ११ गते । इलामको माईजोगमाई गाउँपालिका–२ मा अवस्थित तुम्लिङ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रोजाइमा पर्दै गएको छ ... ...

गोरखापत्र
नागरिकता अभिलेखमा किर्ते गर्ने तीन कर्मचारी सहित चार थुनामा
Latest NewsJust now

नागरिकता अभिलेखमा किर्ते गर्ने तीन कर्मचारी सहित चार थुनामा

अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ११ गते । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । स्याङ्जा जिल्ला अदालतले तीन जन... ...

गोरखापत्र
युरोपा लिग : युभेन्ट्सद्वरा ओमोनिया निकोसिया ४–१ गोलले पराजित
Latest NewsJust now

युरोपा लिग : युभेन्ट्सद्वरा ओमोनिया निकोसिया ४–१ गोलले पराजित

२० वर्षीय एकाटोरले पहिलो सुरुवाती खेलमै गोल गरेपछि युभेन्ट्सले बोर्नमथभन्दा दुई अंक पछाडि रहँदै दोस्रो स्थान कब्जा गर्‍यो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement