काठमाडौं । भारत–ए राइजिङ स्टार्स एसिया कपबाट बाहिरिएको छ । गए राति सम्पन्न सेमिफाइनलमा श्रीलंका–एले भारतलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । योसँगै श्रीलंका चौथो पटक प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि श्रीलंकाले सन् २०१७, २०१८ र २०२४ मा पनि फाइनल खेलेको थियो । कतारको दोहामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७८ रन बनाए । कप्तान तिलक वर्माले ५३, शाहबाज अहमदले अविजित ५४ तथा वैभव सूर्यवंशीले ४० रनको योगदान दिए । श्रीलंकाका लागी रविन्दु फर्नान्डो, जेनिथ लियानागे र निपुन धनञ्जयले २–२ विकेट लिए । ३ सय १८ रनको लक्ष्य श्रीलंका–ए ले ४१ ओभर ३ बलमै २ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा सिनेथ जयवर्धने र लसिथ कुसपुलेले उत्कृष्ट शतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि यो जोडीले १२९ बलमा १७४ रनको साझेदारी गर्यो । जयवर्धनेले ७० बलमा १०५ रन बनाए भने कुसपुलेले १०७ बलमा ११६ रन जोडे । त्यसपछि निशान मदुष्काले अविजित ५८ र कप्तान पवन रत्नायकेले नटआउट ३१ रन बनाउँदै श्रीलंकालाई फाइनलमा पुर्याए । भारत एका लागि हर्षित राणा र शाहबाज अहमदले १–१ विकेट लिए । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बंगलादेश ए र पाकिस्तान ए प्रतिस्पर्धा गर्दै छन् । यो खेल जित्ने टोलीले उपाधिका लागी आइतबार श्रीलंका–एको सामना गर्ने छ ।
राइजिङ स्टार्स एसिया कपबाट भारत बाहिरियो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






