Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि ५ अर्ब डलर खोज्दै सरकार, ४ देश तथा निकायसँग संवाद

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि ५ अर्ब डलर खोज्दै सरकार, ४ देश तथा निकायसँग संवाद
Photo / Coverage: पर्दाफास

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकसँग कूटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले आगामी तीनदेखि पाँच वर्षभित्र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया सुरु भइसकेको बताए । वाग्लेले नेपाललाई आवश्यक पर्ने पुनर्निर्माण स्रोतको करिब ८० प्रतिशत भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकबाट जुटाउन सकिने अपेक्षा गरिएको जानकारी दिए । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाउने सरकारको योजना रहेको उनको भनाइ छ । उनले भने, ‘सरकारले आगामी तीन वर्षभित्र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि आवश्यक करिव ४–५ अर्ब अमेरिकी डलर जुटाउने प्रक्रिया शुरु गरिसकेको छ । यसका लागि भारत, चीन, विश्व बैंक र एसियाली विकास बैंकसँग विशेष संवाद तथा सहकार्य भइरहेको छ । यी चार स्रोतबाट आवश्यक वित्तको करिव ८० प्रतिशत जुटाउन सकिने अपेक्षा छ । अनुदान घट्दै गएको वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा सहुलियतपूर्ण ऋणलाई पनि विवेकपूर्ण ढङ्गले परिचालन गर्ने सरकारको नीति छ ।’ अन्तर्राष्ट्रिय परिस्थितिका कारण अनुदान सहायता घट्दै गएको उल्लेख गर्दै उनले सहुलियतपूर्ण ऋणलाई पनि विवेकपूर्ण ढङ्गले उपयोग गर्नुपर्ने बताए । नेपालले विगतमा अनुदान सहयोगमा निर्भर रहेर विकास निर्माण अघि बढाए पनि अहिले अनुदानको उपलब्धता निकै खुम्चिएको उनको भनाइ छ । भारतसँग पुनर्निर्माण तथा विकास निर्माणका लागि विशेष वित्तीय प्याकेजबारे छलफल भइरहेको र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यससम्बन्धी केही सम्झौता हुन सक्ने उनले अपेक्षा व्यक्त गरे । चीनसँग पनि विपद्पछिको पुनर्निर्माण, अत्याधुनिक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यापारिक नाकाहरूको विकासबारे छलफल भइरहेको उनले जानकारी दिए । रसुवा, तातोपानी र कोराला नाकालाई जोड्ने पूर्वाधार विकासका साथै रेलमार्ग, सुरुङमार्ग, भायाडक्ट र आधुनिक भन्सार पूर्वाधार निर्माणका विषयमा चीनसँग संवाद भइरहेको उनले बताए । नेपालले चीनसँग जोडिने पुरानै सडक संरचनालाई सामान्य मर्मतमा सीमित नराखी आधुनिक प्रविधिसहितको पूर्वाधार विकास गर्न चाहेको उनको भनाइ छ । विश्व बैंक र एसियाली विकास बैंकसँग पनि पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनबारे सघन छलफल भइरहेको वाग्लेले बताए । विश्व बैंकका अध्यक्षसँग ३९ वर्षपछि पहिलोपटक नेपालको अर्थमन्त्रीले प्रत्यक्ष भेटवार्ता गरेको उल्लेख गर्दै उनले त्यसले उच्चस्तरीय सहकार्यको नयाँ आधार तयार गरेको बताए । विश्व बैंकका विभिन्न निकाय तथा सहुलियतपूर्ण वित्तीय संयन्त्रबाट आवश्यक परेको अवस्थामा करिब एक अर्ब अमेरिकी डलरसम्मको वित्तीय प्रतिबद्धता प्राप्त गर्न सकिने सुनिश्चितता भएको उनले जानकारी दिए । एसियाली विकास बैंकबाट पनि त्यस्तै प्रकृतिको सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनको भनाइ छ । यसैगरी, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र नोक्सानीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सरकारले जलवायु कूटनीतिलाई प्राथमिकता दिएको उनले बताए । विपद् भएको पाँच दिनपछि नै वन तथा वातावरणमन्त्री गीता चौधरी र अर्थमन्त्रीले संयुक्त रूपमा जलवायु परिवर्तनका कारण हुने क्षति तथा नोक्सानीसम्बन्धी कोष (एफआरएलडी) मा आर्थिक सहयोगका लागि पत्राचार गरेको उनले जानकारी दिए । नेपालको आग्रहपछि उक्त कोषको आपत्कालीन बैठक बसेर पहिलोपटक नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय भएको उनले बताए । कोष स्थापना भएयता पहिलोपटक प्रदान गरिएको अनुदान नेपालले प्राप्त गर्न लागेको उल्लेख गर्दै उनले यसलाई नेपालको जलवायु कूटनीतिको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । यद्यपि, उक्त रकम पुनर्निर्माणको समग्र आवश्यकताको तुलनामा निकै कम भए पनि जलवायु न्यायको सवालमा नेपालको दाबी अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न यसले सहयोग पुग्ने उनको भनाइ छ । वाग्लेले विपद् आइसकेपछि मात्रै स्रोत खोज्ने प्रवृत्तिको अन्त्य गर्दै पूर्वतयारी र जोखिम व्यवस्थापनमा पनि सरकारले ध्यान दिएको बताए । यसैक्रममा नेपाल दक्षिण एसियामै पहिलोपटक क्याटास्ट्रोफिक इन्स्योरेन्स अर्थात् विनाशकारी विपद् बीमा प्रणालीमा सहभागी भएको उनले जानकारी दिए । उनले कोटमा थपे, ‘विश्व बैंक तथा एशियाली विकास बैंकबाट आवश्यकताअनुसार आकस्मिक वित्तीय सहयोग जुटाउने आश्वासनसमेत प्राप्त भएको छ । जलवायु वित्तअन्तर्गत नेपालले ‘लस एण्ड ड्यामेज फण्ड’ बाट २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने उपलब्धि हासिल गरेको छ। साथै, नेपालले दक्षिण एशियामै पहिलोपटक क्याटास्ट्रोफ इन्स्योरेन्समा सहभागिता जनाएको छ ।’ उक्त बीमा प्रणालीमा थोरै प्रिमियम तिरेर ठूलो भूकम्प वा अन्य विनाशकारी विपद् आएमा ठूलो रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था रहेको उनले स्पष्ट पारे । यसले भविष्यमा विपद् व्यवस्थापनका लागि तत्काल स्रोत जुटाउन सहयोग पुग्ने उनको विश्वास छ । नेपालमा ठूलो भूकम्पको जोखिम कायमै रहेको उल्लेख गर्दै उनले विपद्पूर्व तयारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत सुदृढीकरण र जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए । उनले आगामी दिनमा जलवायु अनुकूलन कोष, हरित जलवायु कोषलगायत अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रबाट पनि नेपालको हितअनुसार स्रोत परिचालन गर्न निरन्तर पहल गरिने जानकारी दिए । अर्थमन्त्री वाग्लेले पुनर्निर्माणका लागि आवश्यक स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । विपद्को पहिलो प्रतिकार्यमा स्थानीय तह, प्रदेश सरकार र सम्बन्धित मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । चालु आर्थिक वर्षमा भने नयाँ स्रोत थप्नुभन्दा विनियोजित बजेटबाटै रकम पुनः विनियोजन गरेर पुनर्निर्माणका काम अघि बढाइने उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा भने पुनर्निर्माणका लागि थप स्रोत समावेश गरेर बजेटको आकार बढाउन सकिने उनको भनाइ छ । विगतको उदाहरण दिँदै उनले २०७२ सालको भूकम्प आएको वर्ष नेपालको बजेट ५१८ अर्ब रुपैयाँ रहेकोमा त्यसपछिको वर्ष ६१९ अर्ब रुपैयाँ पुर्‍याइएको स्मरण गरे । भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणमा पनि आवश्यकताअनुसार यस्तै वित्तीय व्यवस्था गर्न सकिने उनले बताए । विपद्पछि सरकारले छोटो समयमा बेलीब्रिज निर्माण, विद्युत् सेवा पुनःस्थापना र टेलिफोन सेवा सञ्चालनमा ल्याउन गरेको प्रयास सकारात्मक भए पनि सबै प्रभावित क्षेत्रमा समान रूपमा सेवा पुग्न नसकेको उनले स्वीकार गरे । वाग्लेले प्रभावित क्षेत्रका नागरिकको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर पुनर्निर्माणका काम अघि बढाउन संसदीय विशेष समितिलाई पनि आग्रह गरे । समितिले अहिलेको विपद्बाट प्राप्त अनुभवका आधारमा भविष्यमा यस्ता विपद् आउँदा कार्यान्वयन गर्न सकिने स्पष्ट कार्यविधि तथा कार्ययोजना तयार पार्नुपर्ने उनको सुझाव छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई पद्मा अर्यालका चार प्रश्न
OthersJust now

सर्वोच्चका प्रस्तावित न्यायाधीश बागचन्दलाई पद्मा अर्यालका चार प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायपालिकाको सुधार, स्वतन्त्रता र न्याय सम्पादनको प्रभावकारिताबारे चारवटा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइका क्रममा अर्यालले बागचन्दले प्रस्तुत गरेको कार्ययोजना वस्तुपरक रहेको उल्लेख गर्दै न्यायपालिकाभित्र विद्यमान समस्या समाधानमा उनको दृष्टिकोण र भूमिका के हुने भन्नेबारे जिज्ञासा राखेकी हुन् ।… ...

अनलाइन खबर
तिहार विशेष :  घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार
OthersJust now

तिहार विशेष : घरमै बनाउन सकिन्छ, यस्ता मिष्ठान्न परिकार

नेपाली चाडपर्व र मिठाईको सम्बन्ध निकै पुरानो छ । कुनै चाडपर्व विशेषमा बनाइने परिकारले त्यसको सांस्कृतिक र पारिवारिक महत्त्व पनि बोकेको हुन्छ । तिहारमा सेलरोटी र अनरसा, विवाहमा लखमरी त परम्परागत रूपमा विभिन्न अवसरमा बनाइने फिनी, खुर्मा र खजुरीजस्ता मिठाई नेपाली खानपानका अभिन्न हिस्सा हुन् । पछिल्लो समय बजारमा विभिन्न स्वाद र प्रकारका मिठाई उपलब्ध… ...

अनलाइन खबर
काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?
OthersJust now

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

उच्च तहका व्यक्तिसँग कनेक्सन रहेको भनिएका सापकोटामाथिको निकै संवेदनशील अनुसन्धानको विषय नै बाहिरिएपछि अनुसन्धान गर्ने निकायमाथि समेत प्रश्न उठेको छ । ...

अनलाइन खबर
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
OthersJust now

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play