Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
Photo / Coverage: पर्दाफास

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए। उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग बुझाइएको छ । बाढी र कटानका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि संकटमा परेका छन् । आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउँदै जोखिमयुक्त बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको उल्लेख गरे। यसैबीच, भोटेकोशी बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले रसुवाका स्थानीय तहका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णयलाई अनुमोदन गरी विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको विषयमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्रै स्थानान्तरणको ठोस निर्णय लिइने जानकारी दिए । बाढीमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको वडा तहबाट प्राप्त निवेदनका आधारमा केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढिसकेको उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी
OthersJust now

सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी

सामुदायिक शिक्षाको सङ्कट पैसाको अभावबाट मात्र सिर्जना भएको होइन । यो खासमा व्यवस्थापन, मापन र जवाफदेहिताको सङ्कट हो । राज्यले अर्बौँ रुपियाँ खर्च गरिरहेको छ तर बालबालिकाले के सिकिरहेका छन् भन्ने प्रश्नको उत्तर विद्यालयगतरूपमा दिन सक्ने प्रणाली कमजोर छ । ...

अनलाइन खबर
हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो
OthersJust now

हिमपातले लिमीमा आन्तरिक नाकाबन्दी, न्यालुलेकको हिउँ पन्छाउन थालियो

हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ । गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको छ । सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्नलगायत ...

पर्दाफास
हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो
OthersJust now

हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो

२३ कात्तिक, सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ। गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले… ...

अनलाइन खबर
सागसब्जी छाडेर फूलखेतीमा रमाउँदै ६३ वर्षीया सानु, वार्षिक ८० हजारसम्म आम्दानी
OthersJust now

सागसब्जी छाडेर फूलखेतीमा रमाउँदै ६३ वर्षीया सानु, वार्षिक ८० हजारसम्म आम्दानी

भक्तपुरमा कुनै समय तरकारी खेती गर्दै आएकाहरु अहिले सयपत्री र मखमली फूल खेतीलाई पनि आम्दानीको राम्रो स्रोत बनाइरहेका छन्। उनीहरु घरायसी कामसँगै फूलखेतीमा व्यस्त रहँदै अर्थपार्जनमा संलग्न छन् । भक्तपुर गुण्डुकी ६३ वर्षीया सानु नगरकोटी तीमध्यकी एक हुन् । अहिले भक्तपुुरमा सानुमात्र होइन उनीजस्ता थुप्रै किसान परम्परागत रुपमा गर्दै आएको खेती प्रणालीलाई परिवर्तन गर्दै अर्थोपार्जनमा जुटेका छन् । करिब ३५ वर्षदेखि फूलखेती ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play