Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

भैरहवा रुट खोल्नु ऐतिहासिक ‘ब्रेक थ्रु’ -अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
भैरहवा रुट खोल्नु ऐतिहासिक ‘ब्रेक थ्रु’ -अर्थमन्त्री वाग्ले
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतसँग ऐतिहासिक ‘ब्रेकथ्रु’ भएको बताएका छन् । मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले लुम्बिनीलगायत सन्दर्भमा हालसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १०–१२ वर्षदेखिको प्रयासपछि आएको ठूलो कूटनीतिक पहल र ऐतिहासिक ‘ब्रेक थ्रु’ रहेको बताएका हुन् । आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाका तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई कनेक्टिभिटी विस्तार गरिने उनले बताए । उनले बागडोग्रासँग जोडिएको १२५ किलोमिटर भूमिको विषय कपोलकल्पित, भ्रामक र झूटो हल्ला मात्र भएको स्पष्ट पारे । मन्त्री वाग्लेले सुनकोशी–सप्तकोशी हाई ड्याम प्रोजेक्ट र सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमबारे अध्ययन तथा भविष्यमा डीपीआर बनाउने म्यान्डेटअनुसार काम भइरहेको जानकारी दिए । उनले भिजन डकुमेन्ट दुई देशबीचको सहकार्यलाई औपचारिक, नियमित र संस्थागत गर्न तथा समन्वयात्मक ढंगले अघि बढाउन ल्याइएको स्पष्ट पारे । त्यस्तै, उनले ५६ अर्ब रुपैयाँको अनुदान र १८४ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण विशेषगरी ऊर्जा तथा ट्रान्समिसन लाइन क्षेत्रमा ‘लाइन अफ क्रेडिट’को सदुपयोग हुने र आवश्यक परे परिचालन गर्न सकिने गरी सुरक्षा सुनिश्चित गरिएको उल्लेख गरे । विगतमा डलरमा ऋण लिँदा अवमूल्यनका कारण दायित्व बढ्ने समस्या देखिएकोमा यसपटक भारुमै लिने र भारुमै तिर्ने विकल्प समेत खुलाइएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक
Latest NewsJust now

वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक

काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १५ वर्षीय सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा... ...

रातोपाटी
कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा
Latest NewsJust now

कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा

सभापति थापाले अदालतमा विचाराधीन मुद्दालाई देखाएर पार्टीको नेतृत्व र आगामी गतिविधिबारे अन्योल सिर्जना गर्न खोजिएको भन्दै महाधिवेशन सम्पन्न भइसकेको र अब पार्टी आफ्नै नेतृत्वमा अघि बढ्ने बताएका छन् । ...

कान्तिपुर
चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु
Latest NewsJust now

चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी १३ वर्षीया कमला सिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । सोमबार साँझ घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालिकामाथि आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement