भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका

भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको छ । गुमा गेओगअन्तर्गत दोछुखा–जोमलिङथाङ–रित्सा चिउवोगमा रहेको उक्त सिँचाइ प्रणाली बाढीका कारण क्षतिग्रस्त भएको हो । भुटानमा हिमताल विस्फोट भएपछि आएको बाढीको जोखिमलाई मध्यनजर गर्दै भारतको पश्चिम बंगालस्थित डुवर्स क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । राज्यका अधिकारीहरूका अनुसार शुक्रबार उत्तर बंगालको डुवर्स क्षेत्रका केही स्थानमा सतर्कता जारी गरिएको छ । हिमताल विस्फोटको वास्तविक आकार र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे भने तत्काल स्पष्ट हुन सकेको छैन । भुटानी सञ्चारमाध्यमका अनुसार गासा जिल्लास्थित वाकिला पर्वतको फेदीमा रहेको शिन्ताफु हिमताल विस्फोट भएको हो । भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जनाएको छ । शिन्ताफु ताललाई भुटानका सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ। भारतको पश्चिम बंगालमा पनि अधिकारीहरूले डुवर्स क्षेत्रको संकोश नदी आसपासका बस्तीमा निगरानी बढाएका छन्। विशेषगरी अलिपुरद्वार जिल्लाको कुमारग्राम क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । पश्चिम बंगालका गृह तथा पहाडी मामिलासम्बन्धी राज्यमन्त्री विशाल लामाले डुवर्सका केही क्षेत्रमा, विशेषगरी संकोश नदी आसपास सतर्कता जारी गरिएको बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जब आईजीपीले नक्सालमै भने : म असुरक्षित छु, साथीहरूले एक्लै नहिँड्नु भन्दैछन्
काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक राखे । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले कार्कीको विकल्प खोज् थालेको र राजीनामाका लागि दबाब दिएको चर्चाबीच सबै प्रदेश प्रमुख अर्थात् डीआईजीहरूलाईसमेत बोलाएर त्यो बैठक राखिएको थियो। बिहीबार दिउँसो २ बजेदेखि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बैठक साँझसम्मै तन्किएको थियो । […] ...

अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो
अहिले कांग्रेसमा देखिएको यो 'रेनेसाँ' आकस्मिक घटना भने होइन । यसको बलियो जग पोहोर पुसमा भएको 'दोस्रो विशेष महाधिवेशन' ले तयार पारेको हो । पार्टी गहिरो संकट र अलमलमा रहेका बेला तत्कालीन महामन्त्रीद्वयको आँट, साहस र आत्मविश्वासका कारण दोस्रो विशेष महाधिवेशन सम्भव भएको थियो । ...

‘गौंथली’ को अन्तर्राष्ट्रिय उडान
काठमाडौं । ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली कथानक चलचित्र ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।फ्रान्समा मासिक र वार्षिक रुपमा हुने यो अवार्डमा ‘गौँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड हात पारेको हो । यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ । यो फ्रान्सको क्यान्समा आयोजना हुने फिल्म फेस्टिभल हो… ...

चक्रवात अर्नवको असर : लुथ्रुक्क काठमाडौं (तस्वीर)
गए रातिदेखि निरन्तर वर्षा भइरहेका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ । ...


