Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटना प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटना प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण
Photo / Coverage: हिमालय टाइम्स

चालकलाई मात्र दोष दिन नमिल्ने निष्कर्ष मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय सवारी दुर्घटनामा चालकको थकान, पर्याप्त विश्रामको अभाव, क्षमताभन्दा बढी यात्रु र सडकको भौगोलिक बनावटलाई सम्भावित कारणका रूपमा औँल्याइएको छ । दुर्घटनाको छानबिन गर्न गठित समितिले चालकलाई मात्र दोषी ठहर गर्न नहुने निष्कर्ष निकाल्दै सडक पूर्वाधार, सवारीसाधनको प्राविधिक अवस्था, यातायात व्यवस्थापन र नियामक निकायको भूमिकामाथि समेत प्रश्न उठाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएको हो । समितिले दुर्घटनास्थलको अवस्था, चालकको कार्यतालिका, यात्रुको संख्या, सवारीसाधनको प्राविधिक अवस्था र सडक सुरक्षासम्बन्धी विभिन्न पक्षको अध्ययन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ । प्रतिवेदनमा लामो समयसम्म निरन्तर सवारी चलाउँदा चालकको एकाग्रता, निर्णय क्षमता र तत्काल प्रतिक्रिया जनाउने क्षमतामा ह्रास आउन सक्ने उल्लेख छ । पर्याप्त आरामको अभावमा उत्पन्न हुने शारीरिक तथा मानसिक थकानले दुर्घटनाको जोखिम बढाउने समितिको विश्लेषण छ । समितिका संयोजक पौडेलले चालकको कार्यअवधि र विश्रामको समय व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहारसँगै सवारीसाधनको अवस्था, सडक संरचना र यातायात व्यवस्थापन प्रणालीमा रहेका कमजोरीसमेत सुधार गर्नुपर्ने उहाँको भनाइ छ । समितिले सार्वजनिक यातायातमा तोकिएको क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्न, लामो दूरीका चालकलाई पर्याप्त विश्रामको व्यवस्था मिलाउन र सवारीसाधनको नियमित प्राविधिक परीक्षण अनिवार्य गर्न सुझाव दिएको छ । त्यस्तै, भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको समग्र सडक सुरक्षा परीक्षण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सडकको बनावट, जोखिमपूर्ण घुम्ती, ढलान, सतह, निर्माण गुणस्तर, सञ्चालन अवस्था र मर्मतसम्भारको विस्तृत अध्ययन गरी आवश्यक सुधार गर्न समितिले सिफारिस गरेको छ । सवारीसाधनको मर्मतसम्भार, चालकको कार्यअवधि र यात्रु व्यवस्थापनमा यातायात व्यवसायी तथा सवारीधनीलाई समेत जवाफदेही बनाउने कानुनी व्यवस्था आवश्यक रहेको समितिको ठहर छ । दुर्घटनापछि पीडित तथा प्रभावित परिवारले पाउने बीमा, क्षतिपूर्ति र राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन पनि समितिले सुझाव दिएको छ । सडक सुरक्षा परीक्षणबाट पहिचान भएका जोखिमपूर्ण स्थानमा तत्काल सुधार गर्न र दुर्घटना अनुसन्धान प्रणालीलाई संस्थागत तथा व्यवस्थित बनाउनसमेत सिफारिस गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो । गत कात्तिक २६ गते काठमाडौं‌बाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय सवारी भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब पाँच सयदेखि सात सय मिटर तल खसेको उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ट्रम्पको दबाबपछि एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः पदमा
Latest NewsJust now

ट्रम्पको दबाबपछि एनभिडियाका सीईओ जेन्सेन हुआङ पुनः पदमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष दबाबपछि चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार तत्काल... ...

रातोपाटी
प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल
Latest NewsJust now

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौँ, मङ्सिर ७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबिचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक व... ...

गोरखापत्र
ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री
Latest NewsJust now

ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री

भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा सचिव मिस्त्रीले त्यो प्रतिवेदनको कुरा अहिले सान्दर्भिक... ...

नेपालखबर
सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति
Latest NewsJust now

सियोलमा ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ सम्पन्न: विश्व लेखा मञ्चमा नेपालको बलियो उपस्थिति

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित तीन दिने ‘वल्र्ड कंग्रेस अफ एकाउन्टेन्ट्स २०२६’ साथ सम्पन्न भएको छ । इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स र कोरियन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्सको संयुक्त आयोजनामा नोभेम्बर १७ देखि १९ सम्म चलेको विश्वस्तरीय सम्मेलनमा नेपालकोसमेत सहभागिता रहेको थियो । ‘टुगेदर फर अ कनेक्टेड टुमरो’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरका लेखा व्यवसायी, नियामक निकाय, सरकारी ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement