काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ। दुर्घटनास्थलनजिकैको झाडीमा घाइते अवस्थामा एक बालक भेटिएपछि घाइतेको संख्या बढेको हो। सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार झाडीमा भेटिएका बालकलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि पाँच जना घाइतेको उद्धार गरिएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ। मृतकहरूको पहिचान भने खुल्न सकेको छैन। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो। गाडीमा १५ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट डीएसपीको कमाण्डमा उद्धार टोली खटिएको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ।
भीमफेदी दुर्घटनामा घाइतेको संख्या ६ पुग्यो, झाडीमा भेटिए घाइते बालक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






