Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
Photo / Coverage: नेपालन्युज

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। काठमाडौंंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्। थापाले अकल्पनीय दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। उनले दुर्घटनाबाट प्रभावित परिवारजनले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन्। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ। अन्य मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। छठ पर्व मनाउन घर फर्किरहेका यात्रुहरू दुर्घटनामा परेपछि घटनाले सर्लाहीसहित विभिन्न क्षेत्रमा शोक छाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट
Latest NewsJust now

एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले एनपीएलमा पहिलो ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीपले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। सन्दीपले १५औँ ओभरको तेस्रो बलमा युवराज साम्रालाई पेभेलियन पठाए सोही ओभरको चौथो बलमा चमिका करुणारत्नेको विकेट... ...

नेपालखबर
सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट
Latest NewsJust now

सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्ससँगको खेलमा सन्दीपले आफ्नो... ...

रातोपाटी
भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा
Latest NewsJust now

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्... ...

गोरखापत्र
प्रकृति र संस्कृतिको सङ्गम
Latest NewsJust now

प्रकृति र संस्कृतिको सङ्गम

कहिलेकाहीँ यात्राको सबैभन्दा सुन्दर क्षण गन्तव्यमा पुग्दा होइन, गन्तव्य पहिलोपटक आँखाअघि खुल्दा आउँछ। डोल्पाका साँघुरा पहाडी बाटा, सुलीगाडको निरन्तर आवाज, घना जङ्गल र उकालो चढ्दै गर्दा शरीर थाकिरहेको हुन्छ। पाइला भारी हुन्छन्, सासको गति बढ्छ। तर अचानक पहाडको एउटा घुम्ती पार गरेपछि आँखाअघि नीलो पानीको विशाल फैलावट देखिन्छ। केही क्षणका लागि पाइला रोकिन्छन्। अग्ला चट्टानी पहाडको बीचमा फैलिएको फोक्सुण्डो कुनै ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play