Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सन्दीपको घातक बलिङले पोखरा १३२ रनमै समेटियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्दीपको घातक बलिङले पोखरा १३२ रनमै समेटियो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शनपछि पोखरा एभेन्जर्स १३२ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर ६ विकेट लिए । उनले १४औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । सन्दीपले १४.३ ओभरमा युवराज सामरा, १४.४ ओभरमा चमिका करुणारत्ने र १४.५ ओभरमा किरण ठगुन्नालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । यसअघि उनले अर्जुन घर्ती, सन्नी बीके र रमेश मेन्डिसको विकेट लिइसकेका थिए । पोखराका लागि युवराज सामराले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै धनञ्जय लक्षनले १५ बलमा २२ रन जोडे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा सन्दीपको नयाँ कीर्तिमान
Latest NewsJust now

एनपीएलमा सन्दीपको नयाँ कीर्तिमान

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा आज करिअरकै सानदार बलिङ गरेका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए । सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत […] ...

लोकपथ
मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या
Latest NewsJust now

मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या

धनुषा।मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या देखिएको छ। बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आवास र सूचनाको पहुँच जस्ता अधिकारबाट एकै साथ वञ्चित हुने अवस्थालाई बुझाउँछ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार प्रदेशका २१ दशमलव तीन प्रतिशत बालबालिका विभिन्न प्रकारका अभाव र वञ्चितीकरणबाट प्रभावित छन्। बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा समग्र विकासको अवस्थालाई विश्लेषण गर्दा मधेस ...

नेपालन्युज
धुलिखेल–बनेपा सडकखण्डमा विपरीत दिशाबाट आएका दुई बस जुधे, २५ यात्रु घाइते
Latest NewsJust now

धुलिखेल–बनेपा सडकखण्डमा विपरीत दिशाबाट आएका दुई बस जुधे, २५ यात्रु घाइते

काभ्रे । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको र विपरीत दिशाबाट जाँदै गरेको दुईवटा बस एकापसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी ११:४० बजे बनेपा–धुलिखेल सडकखण्डमा बा ५ ख... ...

रातोपाटी
सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार, अलमलमा नेकपा
Latest NewsJust now

सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार, अलमलमा नेकपा

काठमाडौँ । राष्ट्रिय मुद्दामा सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा रहेका विपक्षी दलहरूले अहिलेसम्म ठोस र साझा योजना सार्वजनिक गरेका छैनन् । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैँ–तिहारलगत्तै सडक आन्दोलनका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play