Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका दसैजना सर्लाही जिल्लाको एउटै वडाका परेका छन् । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदीमा दुर्घटना भएको हो । घटनास्थलमै ३ महिला, २ बालिका र ५ पुरुषको मृत्यु भएको थियो । एक तीन वर्षका बालकलाई भने दुर्घटनास्थलभन्दा केही माथि डाँडामा जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरु सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका रहेको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । ‘छठपर्व मनाउन आउँदै रहेछन्, सबै दुर्घटनामा परे । अत्यन्तै दुखद घटना भयो,’ उनले भने, ‘मृत्यु हुनेमा दसैजना एउटै वडा नम्बर ४ का रहेका छन् ।’ घटनास्थलतर्फ अध्यक्ष यादव आफै गएका छन् । उनले मृतकहरु कोको परे भनेर बुझ्ने काम भइरहेको जानकारी दिए । अहिले सिंगो गाउँ शोकमा परेको छ । दुर्घटनामा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव घाइते छन् । उनीहरुको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । काठमाडौंबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रो चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । छठपर्व मनाउन घर आउँदै गरेका सर्लाहीका यात्रु लिएर काठमाडौंबाट बिहीबार बिहान गाडी हिँडेको थियो । इभी गाडी दुर्घटना हुँदा दशको मृत्यु, पाँच जना घाइते The post भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट
Latest NewsJust now

एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले एनपीएलमा पहिलो ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीपले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। सन्दीपले १५औँ ओभरको तेस्रो बलमा युवराज साम्रालाई पेभेलियन पठाए सोही ओभरको चौथो बलमा चमिका करुणारत्नेको विकेट... ...

नेपालखबर
सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट
Latest NewsJust now

सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्ससँगको खेलमा सन्दीपले आफ्नो... ...

रातोपाटी
भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा
Latest NewsJust now

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्... ...

गोरखापत्र
प्रकृति र संस्कृतिको सङ्गम
Latest NewsJust now

प्रकृति र संस्कृतिको सङ्गम

कहिलेकाहीँ यात्राको सबैभन्दा सुन्दर क्षण गन्तव्यमा पुग्दा होइन, गन्तव्य पहिलोपटक आँखाअघि खुल्दा आउँछ। डोल्पाका साँघुरा पहाडी बाटा, सुलीगाडको निरन्तर आवाज, घना जङ्गल र उकालो चढ्दै गर्दा शरीर थाकिरहेको हुन्छ। पाइला भारी हुन्छन्, सासको गति बढ्छ। तर अचानक पहाडको एउटा घुम्ती पार गरेपछि आँखाअघि नीलो पानीको विशाल फैलावट देखिन्छ। केही क्षणका लागि पाइला रोकिन्छन्। अग्ला चट्टानी पहाडको बीचमा फैलिएको फोक्सुण्डो कुनै ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play