Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–६,चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । छठ पर्व मनाउन घर जाने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४,सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ । घाइतेमध्ये तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीनजनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै,सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ । यसका लागि सम्बन्धित सवारीधनी,यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ । सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै,उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । The post भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डु गोर्खाजले २ विकेट गुमायो
Latest NewsJust now

काठमाण्डु गोर्खाजले २ विकेट गुमायो

काठमाडौँ । काठमाण्डु गोर्खाज २ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले २ विकेट गुमाएको हो । सम हेजलेट ७ बलमा ११... ...

रातोपाटी
चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Latest NewsJust now

चीन भ्रमण घुमघाममा मात्रै सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहसँग चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भेट गरेका छन्। सिंंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरुले चीन भ्रमणबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले आफूहरुलाई दुई देशको सम्बन्धलाई प्रगाढ बढाउने विषयमा निर्देशन दिएको बताए। उनले भने, “प्रधानमन्त्री ज्यूसँग छलफल भएको छ, उहाँले भ्रमणका क्रममा चीनबाट ...

नेपालन्युज
छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
Latest NewsJust now

छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play