Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष

भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष

विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ। यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ। दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल खाने निष्कर्ष निकालेको हो। यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार गर्दै आएको सन् १८८९ जुनको मितिभन्दा करिब एक महिना पछिको हो। सियोलस्थित टेलिस्कोप निर्माता कम्पनीका प्रमुख कार्यकारी तथा क्युङ ही विश्वविद्यालयका विद्यावारिधि शोधार्थी एलिजा जियोंग–ह्युन किमको नेतृत्वमा गरिएको अध्ययन ‘साइन्टिफिक रिपोट्र्स’ जर्नलमा प्रकाशित भएको छ। चित्रमा घुमाउरा ताराहरू, अर्धचन्द्र, शुक्र ग्रह, गाउँ र साइप्रसका अग्ला रूख देखिन्छन् । किमका अनुसार जुलाई २२ आसपास चन्द्रमाको आकार चित्रसँग मिल्नुका साथै वृषभ तारामण्डलको हाइड्स तारा समूह शुक्र ग्रहसँगै पूर्वी आकाशमा उदाउने अवस्था थियो । मौसमसम्बन्धी तथ्याङ्कले पनि आकाश सफा रहेको हुन सक्ने देखाएको छ। उनले सन् २०१९ मा फ्रान्स पुगेर जुन र जुलाईको आकाश तुलना गरेकी थिइन्। यद्यपि, मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयका भौतिकशास्त्री जोस लुइस एरागोनले जुलाई २२ लाई निश्चित मिति मान्नुभन्दा चाखलाग्दो परिकल्पनाका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार चित्रमा देखाइएको चन्द्रमाको आकार जुनको मध्यतिरको आकाशसँग नमिल्नु लामो समयदेखिको पहेली हो। भ्यान गगले आश्रयस्थलको चित्रकक्षमा बसेर स्मृति र रेखाचित्रका आधारमा चित्र बनाएको हुनाले ‘द स्टारी नाइट’ मा विभिन्न रातका आकाशका दृश्य मिसिएका हुन सक्ने एरागोनको भनाइ छ। उनले भने वास्तविक आकाशको अवलोकनले चित्रलाई प्रेरित गरेको हुन सक्ने निष्कर्षलाई महत्त्वपूर्ण मानेका छन्। अनुसन्धानकर्ताहरूले भ्यान गग र उनका भाइहरूबीच आदानप्रदान भएका पत्रहरूको विश्लेषणका आधारमा उनलाई जुलाईको अन्त्यतिर अचानक स्वास्थ्य समस्या देखिएको हुन सक्ने बताएका छन्। पत्रमा उल्लेख गरिएका सिकाडा कीरासम्बन्धी सन्दर्भले पनि उक्त समय जुलाई महिना भएको सङ्केत गर्ने उनीहरूको भनाइ छ। लामो अनुसन्धान गरेकी किमले भने अहिलेसम्म न्युयोर्कस्थित आधुनिक कलाको सङ्ग्रहालयमा राखिएको ‘द स्टारी नाइट’ प्रत्यक्ष हेरेकी छैनन्। अनुसन्धानपत्र प्रकाशित भएपछि अब सङ्ग्रहालय पुगेर चित्र हेर्ने इच्छा उनले व्यक्त गरेकी छन्। रासस/एपी The post भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
प्रविधिJust now

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो। ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ । संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा ...

टेक्नोलोजी खबर
प्रिन्टरको मर्मतदेखि प्राविधिक परामर्शसम्म, वालिङमा ब्रदरको नि:शुल्क सेवा शिविर
प्रविधिJust now

प्रिन्टरको मर्मतदेखि प्राविधिक परामर्शसम्म, वालिङमा ब्रदरको नि:शुल्क सेवा शिविर

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । गैह्रे कम्प्युटरको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल कार्तिक ११ र १२ गते वालिङ, स्याङ्जामा आयोजना हुनेछ ।दुई दिन सञ्चालन हुने शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा आवश्यक सेवा प्राप्त गर्न ...

आइसिटी समाचार
साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द
प्रविधिJust now

साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द

काठमाडौं । PHP तथा सँगसँगै प्रयोग हुने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि राजस्व अनुसन्धान विभागअन्तर्गत सञ्चालनमा रहेको Vehicle Consignment Tracking System (VCTS) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ ।अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट मिति २०८३/०७/०५ मा प्राप्त जानकारीका आधारमा प्रविधिको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रणाली बन्द गर्ने निर्णय गरिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play