Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो। ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ । संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा पाउन र मानिसहरूलाई आफ्नो नतिजामा विश्वास दिलाउन सक्छन् भन्ने परीक्षण गर्न यस्तो गरेको दाबी गरेको थियो । अहिले उक्त संस्थाको ‘एक्स’ खाता हटाइएको छ । यो घटना सर्वेक्षणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था ‘फिफ्टीप्लसवन’ ले वेजवुडका सर्वेक्षणमाथि अनुसन्धान गर्ने क्रममा बाहिर आएको हो। वेजवुडले सार्वजनिक गरेका नक्कली नतिजाहरूलाई ‘द न्युयोर्क टाइम्स’ लगायतका प्रमुख सञ्चारमाध्यमले समेत स्थान दिएका थिए। ‘द न्युयोर्क टाइम्स’ का अनुसार, वेजवुडले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरेका १५ ओटा सर्वेक्षण आफ्नो सर्वेक्षणसम्बन्धी डाटाबेसमा समावेश गरेको थियो । ती सबै सर्वेक्षण अहिले हटाइएको छ। नक्कली सर्वेक्षणले चुनावी प्रतिस्पर्धामा प्रत्यक्ष असर पारेको आरोप पनि लागेको छ। मिसिगन राज्यकी सिनेट उम्मेदवार म्यालोरी म्याकमोरोले वेजवुडले जुन महिनाको अन्त्यतिर सार्वजनिक गरेको सर्वेक्षणमा आफ्नो समर्थन एकल अङ्कमा देखाइएपछि अभियान प्रभावित भएको बताएका छन्। उनका अनुसार त्यसपछि चन्दा आउन रोकिएको थियो, स्वयंसेवक निराश भएका थिए र सञ्चारमाध्यमले समेत आफूलाई चुनावी प्रतिस्पर्धाबाट बाहिरिन दबाब दिएका थिए । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उक्त सर्वेक्षणले आफ्नो अभियान नै ध्वस्त पारेको बताइन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नक्कली सर्वेक्षण प्रयोग गरेको भन्दै ‘द न्युयोर्क टाइम्स’ को आलोचना गरेका छन। उनले संस्थाले मनगढन्ते तथ्याङ्कलाई स्थान दिएको आरोप लगाएका छन्। सङ्घीय सञ्चार आयोगका अध्यक्ष ब्रेन्डन कारले चुनावी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले बनाइएका नक्कली सर्वेक्षणको सङ्ख्या बढिरहेको बताएका छन्। उनले सञ्चारमाध्यमलाई यस्ता गतिविधिलाई बढावा नदिन आग्रह गरेका छन्। यसअघि अगस्टमा ‘मेडियन स्ट्र्याटेजीज’ नामक अर्को संस्थाले पनि सर्वेक्षणका नतिजा बनावटी भएको स्वीकार गरेको थियो । त्यस्तै, फिफ्टीप्लसवनले अनुसन्धानपछि ‘सोकेल स्ट्र्याटेजीज’ नामक अर्को संस्थासँग तथ्याङ्क सङ्कलनको काम बन्द गर्ने जनाएको छ । विशेषज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका कारण नक्कली सर्वेक्षण तयार पार्न र तिनलाई वास्तविकजस्तै देखाउन सजिलो भएको बताएका छन्। अमेरिकन एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले पनि बनावटी तथ्याङ्क र संस्थागत विवरण पहिचान गर्न कठिन हुँदै गएको जनाएको छ । संस्थाकी अध्यक्ष मेरी लोशले यस्ता जालसाजीले जनमत र चुनावी सर्वेक्षणप्रतिको विश्वास कमजोर पार्ने चेतावनी दिएकी छन। यद्यपि, उनले नक्कली सर्वेक्षणका घटनालाई वैध चुनावी सर्वेक्षणसँग एउटै रूपमा हेर्न नहुनेमा जोड दिइन्। The post अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

प्रिन्टरको मर्मतदेखि प्राविधिक परामर्शसम्म, वालिङमा ब्रदरको नि:शुल्क सेवा शिविर
प्रविधिJust now

प्रिन्टरको मर्मतदेखि प्राविधिक परामर्शसम्म, वालिङमा ब्रदरको नि:शुल्क सेवा शिविर

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । गैह्रे कम्प्युटरको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल कार्तिक ११ र १२ गते वालिङ, स्याङ्जामा आयोजना हुनेछ ।दुई दिन सञ्चालन हुने शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा आवश्यक सेवा प्राप्त गर्न ...

आइसिटी समाचार
साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द
प्रविधिJust now

साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द

काठमाडौं । PHP तथा सँगसँगै प्रयोग हुने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि राजस्व अनुसन्धान विभागअन्तर्गत सञ्चालनमा रहेको Vehicle Consignment Tracking System (VCTS) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ ।अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट मिति २०८३/०७/०५ मा प्राप्त जानकारीका आधारमा प्रविधिको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रणाली बन्द गर्ने निर्णय गरिएको ...

आइसिटी समाचार
भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष
प्रविधिJust now

भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष

विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ। यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ। दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play