Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारी वर्षाको सम्भावना बढेपछि उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको अनुरोध

काठमाडौं, कात्तिक १० । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२, १३ र १४ गते भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले नेपालमा मनसुनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीमा रहेको ‘अनब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले आगामी दिनमा मौसममा प्रभाव पार्न सक्ने जनाएको छ । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ गतेदेखि वर्षाको प्रभाव बढ्ने सम्भावना रहेको छ । विशेषगरी कात्तिक १३ गते शुक्रबार र कात्तिक १४ गते शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । यी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन तथा पर्वतीय यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले धानबाली काट्ने, भित्र्याउने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई वर्षाको सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी गर्न आग्रह गरेको छ । त्यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न र आवश्यक परेमा सवारी आवागमन बन्द गर्नसमेत अनुरोध गरेको छ । सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र आवश्यक तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ । त्यसैगरी, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । मौसमसम्बन्धी थप जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, १०० वा ११४४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पिसिबिले एनओसी नदिँदा एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा
राजनीतिJust now

पिसिबिले एनओसी नदिँदा एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानका खेलाडीहरूको अहिलेसम्म अब्जेक्सन सर्टिफिकेट (एनओसी) नआएको बताएका छन् । जसका कारण उनीहरूले एनपिएल खेल्नेबार अन्योल कायमै रहेको हो । अध्यक्ष चन्दले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले एनओसीको विषयमा कुनै रेस्पोन्स नगरेको बताए ...

फरकधार
विपद् रोक्न नसकिए पनि पूर्वतयारीले क्षति घटाउन सकिन्छ
राजनीतिJust now

विपद् रोक्न नसकिए पनि पूर्वतयारीले क्षति घटाउन सकिन्छ

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्यायो । नेपालको मात्र नभई विश्वकै प्राकृतिक विपद्को इतिहासमा यस विपद्लाई विशिष्ट खालको अकल्पनीय र अप्रत्यासित घटनाको रुपमा लिन सकिन्छ । झण्डै १८८ किमी प्रति घण्टाको दरमा आएको यस बाढीमा दुई करोड घनमिटर अर्थात् २० अर्ब लिटर अतिरिक्त पानीको बहाव ...

फरकधार
स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता
राजनीतिJust now

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलास तेस्रो पटक महिला बालोन डी’ओर विजेता

स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले एइताना बोनमतीसँग कीर्तिमान बराबरी गर्दै तेस्रो पटक महिलातर्फ बालोन डी’ओर जितेकी छन्। बार्सिलोनालाई सन् २०२५–२६ को सिजनमा चार उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी पुटेलासले लगातार छैटौँ वर्ष महिला बालोन डी’ओर स्पेनमै राखेकी हुन् । ३२ वर्षीया पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा पनि यो उपाधि जितेकी थिइन्। उनी स्पेनकै एइताना बोनमतीसँगै तीन पटक महिला बालोन डी’ओर जित्ने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play