भारत विरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको नयाँ नेतृत्व पहिलेको भन्दा फरक रहेको र वालेन्द्र शाहको प्रशासनले भारतसँग अझ राम्रो सम्बन्ध निर्माण गर्न चाहेको बताउनुभयो । उहाँले भारत र नेपालबीचको सम्बन्धमा कहिलेकाहीँ कठिनाइहरू आउने भए पनि यी दुई देश एकअर्कासँग निकै बलियो रूपमा जोडिएका उल्लेख गर्नुभयो । ‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । यी दुई देशहरू भौगोलिक रूपमा मात्र नभई गहिरो सांस्कृतिक सम्बन्धका माध्यमबाट पनि जोडिएका छन्’, उहाँले भन्नुभयो । यसैबीच अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ को अन्त्यसम्ममा भारतको भ्रमण गर्न सक्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । साथै भारतको विकासबाट नेपालले पनि लाभ प्राप्त गर्ने उहाँको भनाइ छ । अर्थमन्त्री वाग्लेले सङ्कटको समयमा नेपाललाई सहयोग गरेकोमा भारतको प्रशंसा पनि गर्नुभयो । उहाँले भूकम्पदेखि पछिल्ला बाढीसम्म भारत सधैँ नेपाललाई मद्दत गर्न अघि बढेको कुरा उल्लेख गर्नुभयो । The post भारत विरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, कार्तिक ११ गतेदेखि नेपालको मौसम प्रभावित हुने
काठमाडौँ। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार... ...

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ। प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन... ...

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ
जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने ...


