Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ। दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ। भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम छ। भारतीय विदेश सचिव मिश्री काठमाडौंबाट भोलि नै नयाँदिल्ली फर्किने कार्यक्रम छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’
Latest NewsJust now

पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

न्युयोर्क । अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्सले आफ्नै परिवारका सदस्य तथा पूर्वपतिविरुद्ध तितो पोखेकी छन् । उनिहरुले आफूलाई ‘कमारा’ (दास) सरह व्यवहार गरेको भन्दै ब्रिट्नीले गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले आफ्नै बहिनी जेमी लिन स्पियर्स र पूर्वपति केभिन फेडरलाइनविरुद्ध उक्त आक्रोश पोखेकी हुन् । आफ्ना सन्तान भेट्न जाँदा वा पारिवारिक आउजाउका क्रममा आफूमाथि मानसिक ...

केन्द्रबिन्दु
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
Latest NewsJust now

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका... ...

रातोपाटी
भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाण्डु – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने छन् । भारतीय विदेश मन्त्रालयले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्न विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको जनाएको छ। भारत र नेपालबीच […] ...

काठमाण्डुपाटी
रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते
Latest NewsJust now

रौतहटमा गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

काठमाडौँ। रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। मंगलबार राति करिब ९ः१५ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि पेस्तोलबाट गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको छ। घटनापछि उनलाई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play