Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वपति र परिवारप्रति ब्रिट्नीको आक्रोश– ‘मलाई दास जस्तै व्यवहार गरे’
Photo / Coverage: केन्द्रबिन्दु

न्युयोर्क । अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्सले आफ्नै परिवारका सदस्य तथा पूर्वपतिविरुद्ध तितो पोखेकी छन् । उनिहरुले आफूलाई ‘कमारा’ (दास) सरह व्यवहार गरेको भन्दै ब्रिट्नीले गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले आफ्नै बहिनी जेमी लिन स्पियर्स र पूर्वपति केभिन फेडरलाइनविरुद्ध उक्त आक्रोश पोखेकी हुन् । आफ्ना सन्तान भेट्न जाँदा वा पारिवारिक आउजाउका क्रममा आफूमाथि मानसिक र व्यावहारिक शोषण भएको भन्दै ब्रिट्नीले अब ‘नयाँ परिवार खोज्ने’ घोषणासमेत गरेकी छन् । सन् २००३ को फिल्म ‘अपटाउन गर्ल्स’ को दृश्यमा बालकलाकार डकोटा फानिङले माझी औंला (अश्लीलता) देखाएको एक तस्बिर शेयर गर्दै ब्रिट्नीले इन्स्टा पोष्टमा आफ्नै मान्छेहरूले पर्दा पछाडी अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् । ‘शौचालय प्रयोग गर्न पाइनँ’ इन्स्टाग्राम पोस्टमा ब्रिट्नीले कोभिड महामारीका बेला आफ्नै घरमा भोगेका तीता अनुभवहरूको खुलासा गरेकी छन् । ‘कोभिड महामारीको समयमा लुइजियाना जाँदा बहिनी जेमी लिनले मलाई उनकी छोरी आइभीलाई एकपटक पनि समात्न दिइनन् । यता पूर्वपति केभिनले छोराहरूलाई लिन जाँदा उनीहरूको शौचालयसम्म प्रयोग गर्न दिएनन्,’ ब्रिटनिले लेखेकी छन्, ‘उनीहरूले मलाई दास जस्तो अनुभव गराए । मेरो पछाडि उनीहरूका थुप्रै रहस्यमय गतिविधि हुन्थे, जबकि मैले जीवनभर केवल बुबाका लागि काम मात्र गरिरहें ।’ पारिवारिक सम्बन्ध पूर्ण रूपमा चिसिएपछि तनावमा रहेकी पपस्टार ब्रिट्नीले आफ्ना समर्थकहरूमाझ ढिलो–चाँडो आफूले नयाँ परिवार रोज्ने दृढता व्यक्त गरेकी छन् । १३ वर्षे संरक्षकत्वको कालो छाया ब्रिट्नी स्पियर्सको जीवनमा पारिवारिक हस्तक्षेप र नियन्त्रणको इतिहास लामो छ । सन् २००८ देखि सुरु भएको उनको बहुचर्चित र विवादित १३ वर्षे ‘कन्जर्भेटरसिप’ (कानुनी संरक्षकत्व) सन् २०२१ को नोभेम्बरमा मात्रै अन्त्य भएको थियो । उक्त अवधिमा उनका बुबा जेमी स्पियर्सले ब्रिट्नीको व्यक्तिगत जीवन, वित्तीय मामिला र सांगीतिक करियरमाथि पूर्ण नियन्त्रण कायम राखेका थिए । संरक्षकत्वबाट मुक्त भए पनि परिवारसँगको उनको आन्तरिक कलह भने अझै साम्य हुन सकेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी
Latest NewsJust now

टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी

काठमाडौँ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच भएपछि अचेल जो–कोहीको समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा स्क्रोल गर्दै जाँदा अचेल यस्ता विज्ञापन भेटिन्छन्– बिनाझन्झट, सस्तो मूल्यमा... ...

रातोपाटी
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती
Latest NewsJust now

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

दाङ। दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूल खेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन् । कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा अन्य चार जनाको साझेदारीमा सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । संगीत पेसासँगै कृषि क्षेत्रमा जोडिनका लागि सयपत्रीबाट सुरुआत गरेको ...

नेपालन्युज
चीनमा सीपीसीले गरेको नयाँ संकल्प
Latest NewsJust now

चीनमा सीपीसीले गरेको नयाँ संकल्प

महेन्द्र सुवेदी पूर्वाधार विकास र बजारका हिसाबले होस् वा प्रविधि एवं युवा विद्यार्थीको ज्ञान र सिकाइको प्रवृत्तिका दृष्टिकोणमा चीनलाई आजको विश्वले बेबस्ता गर्न असम्भव शक्ति हो । अबको चीन सन्... ...

रातोपाटी
अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण
Latest NewsJust now

अमेरिका मध्यावधि निर्वाचन : तल्लो सदनमा डेमोक्र्याटहरूले जित्ने प्रक्षेपण

Reuters डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) मा उल्लेख्य सफलता हात पारेको ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play