परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा छलफल भएको हो । भेटका क्रममा मन्त्री खनालले दुई देशबीच रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए । त्यस अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको थियो । मन्त्री खनाल र विदेश सचिव मिस्रीबीच ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेश सचिव मिस्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता

Read Complete Original Article
Published originally on पर्दाफास






