Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भारतीय इतिहासकै ठूलो आईपीओ ल्याउँदै जियो

भारतीय इतिहासकै ठूलो आईपीओ ल्याउँदै जियो

10/21/2026, 6:06:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

भारतीय डिजिटल तथा दूरसञ्चार कम्पनी जियोले सार्वजनिक सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सहायक कम्पनी जियोले बुधबारदेखि तीन खर्ब दुई अर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । यो भारतीय इतिहासकै सबैभन्दा ठूलो सेयर निष्कास रहेको बताइएको छ। अहिले भारतीय सेयर बजारमा मन्दीको वातावरण छ । नेशनल स्टक एक्सचेन्जले यसअघि २.४ अर्ब डलरको आईपीओ निष्कासन गरेको थियो । त्यसको एक महिनाको अवधिमा जियोको मेगा आईपीओ आएको हो । केजरीवाल रिसर्च एन्ड इन्भेस्टमेन्ट सर्भिसेजका अरुण केजरीवालले सेयर बजार सुस्त रहेको बताए । । आकर्षक मूल्यांकन तथा विस्तारयोग्य प्रविधि व्यवसायप्रतिको आकर्षणका कारण संस्थागत र सर्वसाधारण लगानीकर्ताहरू आईपीओतर्फ आकर्षित भएको उनको भनाइ छ । सूचीकृत कम्पनीहरूको तुलनामा आईपीओको मूल्य-आम्दानी अनुपात व्यवस्थित गरिएकाले यो लगानीकर्ताका लागि आकर्षक बनेको उनले बताए। शुक्रबार बन्द हुने यस आईपीओका लागि जियो प्लेटफर्म्सले प्रतिशेयर १,०६५ देखि १,११९ भारतीय रुपैयाँसम्मको मूल्य तय गरेको छ। भारतको प्रमुख सेयर सूचकांक ‘निफ्टी ५०’ मा यस वर्ष १२ प्रतिशतभन्दा बढीको गिरावट आइरहेका बेला यो सेयर निष्कासन भएको हो। आईपीओ खुल्नु अगावै सोमबार संस्थागत लगानीकर्ताहरूले आफ्ना लागि सुरक्षित गरिएको कोटाभन्दा ३० गुणा बढी अर्थात् ३.२ अर्ब डलर बराबरको आवेदन दिएका छन् । भारतीय लगानीकर्ताहरूले रिलायन्स समूहका कम्पनीहरूलाई लामो समयदेखि सम्पत्ति सिर्जना गर्ने कम्पनीका रूपमा हेर्दै आएका छन्। संस्थापक धिरुभाई अम्बानीले सेयरधनीहरूलाई “रिलायन्स परिवार” को रूपमा सम्बोधन गर्ने परम्परा बसालेका थिए,जसले कम्पनीप्रति लगानीकर्ताको उच्च विश्वास कायम राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
OthersJust now

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला ...

पर्दाफास
टीकापछि काठमाडौंका सडकमा बढ्यो चहलपहल, सवारी चाप पनि बाक्लियो
OthersJust now

टीकापछि काठमाडौंका सडकमा बढ्यो चहलपहल, सवारी चाप पनि बाक्लियो

मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा ...

पर्दाफास
गाईभैंसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने
OthersJust now

गाईभैंसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने

४ कात्तिक, काठमाडौं । मेहनत र लगनशीलताका साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने। काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाईभैँसी पालन गर्दै आएका लामिछानेले मासिक १५ लाख रुपैयाँ बचत गर्दै आएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म… ...

अनलाइन खबर
बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग
OthersJust now

बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकलाई सरकारी लाभ नदिन बेलायती सांसद रूपर्टको माग

४ कात्तिक, काठमाडौं । बेलायती सांसद रूपर्ट लोवले बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकहरूलाई बेलायतमा सरकारी सुविधा दिन नहुने बताएका छन्। उनले यसको कडा विरोध गरेका छन्। रूपर्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'हाम्रो देशमा कुनै पनि बङ्गलादेशी, पाकिस्तानी वा भारतीय नागरिकले सरकारी लाभको दाबी गर्नु हुँदैन। एक पैसा पनि दिनु हुँदैन।' यसअघि मे महिनामा पनि लोवले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play