Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो

भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले देशको स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टलेसन’ (नाभिक-NavIC) लाई सुदृढ पार्नका लागि आफ्नो अर्को पुस्ताको नेभिगेसन स्याटेलाइट ‘एनभीएस-०३ (NVS-03)’ लाई जीएसएलभी-एफ१८ (GSLV-F18) रकेटमार्फत सफलतापूर्वक प्रक्षेपण गरेको शनिबार पुष्टि गरेको छ। यो प्रक्षेपण शुक्रबार राति ११:५१ बजे (स्थानीय समय अनुसार) दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा अवस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो। इसरोले ‘एक्स’ (ट्विटर) मा एक पोस्ट गर्दै भनेको छ, “जीएसएलभी-एफ१८ ले एनभीएस-०३ लाई सफलतापूर्वक तोकिएको कक्षमा स्थापित गरेको छ। बधाई छ।” यस सफलताका लागि इसरोका वैज्ञानिकहरूलाई बधाई दिँदै, देशका विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहले ‘एक्स’ मा लेखेका छन् कि यो उपलब्धिले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र आफ्नै स्वदेशी नेभिगेसन प्रणालीलाई बलियो बनाउने भारतको दृढ प्रतिबद्धतालाई झल्काउँछ। इसरोका अनुसार, जीएसएलभी-एफ १८ भारतको ‘जियोसिन्क्रोनस स्याटेलाइट लन्च भेहिकल’ (जीएसएलभी) को २०औँ उडान थियो। अर्को पुस्ताको नेभिगेसन स्याटेलाइट प्रणाली अन्तर्गतको तेस्रो भूउपग्रह, एनभीएस-०३ ले ‘इन्डियन रिजनल नेभिगेसन स्याटेलाइट सिस्टम’ (आईआरएनएसएस) शृङ्खलाका लागि नेभिगेसन सेवाहरूको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। The post भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै
प्रविधिJust now

सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै

नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टिएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुनेछ। ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यवसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार ...

टेक्नोलोजी खबर
नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
प्रविधिJust now

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे। उनले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित ...

टेक्नोलोजी खबर
वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
प्रविधिJust now

वर्षाले एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

१४ कात्तिक, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। भारी वर्षाका कारण त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुबै टोलीले १÷१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी […] The post वर्षाले एनपीएलको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play