सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै

नेपालमा स्टार्टअप उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन तथा सम्भावनायुक्त उद्यमलाई लगानीका अवसरसँग जोड्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टिएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ। ह्याकाथन काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुनेछ। ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यवसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअपहरूको पहिचान गरी तिनलाई लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष पुग्ने अवसर प्रदान गर्नु हो। सहभागी टोलीहरूले सीमित समयभित्र आफ्ना व्यवसायिक अवधारणालाई परिष्कृत गर्दै समाधानको सम्भाव्यता, व्यवसायिक मोडेल, बजारको आवश्यकता तथा विस्तारको योजनासहित निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन्। यस कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ। छनोट भएका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्राप्त गर्ने जानकारी दिईएको छ। “नेपालका प्रारम्भिक चरणका स्टार्टअपहरूले लगानीमा पहुँच, बजारमा आफ्नो पहिचान स्थापित गर्ने अवसर, अनुभवी मार्गदर्शक तथा व्यवसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गर्दै आएका छन्। यस्तो अवस्थामा ह्याकाथनले उद्यमीहरूलाई आफ्ना समाधान परीक्षण गर्ने, व्यवसायिक अवधारणा सुधार गर्ने र सम्भावित लगानीकर्तासमक्ष पुग्ने अवसर प्रदान गर्नेछ,” सीएनआईवाईईएफले भनेको छ। सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलता संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी, यो ह्याकाथनले प्रतिभाशाली उद्यमीलाई पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने र लगानीका सम्भावनासँग जोड्ने कार्यलाई व्यवस्थित बनाउने बताईएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकहरूले आयोजकले उपलब्ध गराएको दर्ता माध्यमबाट आवेदन दिन सक्नेछन्। The post सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा २४ घण्टे स्टार्टअप ह्याकाथन हुँदै appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एनभिडियाका जेन्सेन हुआङमाथि जासुसी गरेको कुरा चीनले अस्वीकार गर्यो
अमेरिकी चिप निर्माता कम्पनी ‘एनभिडिया’ का प्रमुख जेन्सेन हुआङलाई चिनियाँ जासुसी योजनाको निशाना बनाइएको भन्ने रिपोर्टलाई बेइजिङले शुक्रबार “आधारहीन अनुमान” भन्दै खारेज गरेको छ। बिहीबार प्रकाशित ‘द न्युयोर्क टाइम्स’ को एक लेखमा उल्लेख भएअनुसार, अमेरिकी गुप्तचर अधिकारीहरूले सिंगापुरमा आधारित एक डाटा सेन्टर कम्पनीसँग जोडिएकी एक चिनियाँ कार्यकारीले बेइजिङलाई सूचना उपलब्ध गराइरहेको निष्कर्ष निकालेका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा ...

भारतले आफ्नै जीपीएस बढाउन नयाँ नेभिगेसन स्याटेलाइट प्रक्षेपण गर्यो
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले देशको स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टलेसन’ (नाभिक-NavIC) लाई सुदृढ पार्नका लागि आफ्नो अर्को पुस्ताको नेभिगेसन स्याटेलाइट ‘एनभीएस-०३ (NVS-03)’ लाई जीएसएलभी-एफ१८ (GSLV-F18) रकेटमार्फत सफलतापूर्वक प्रक्षेपण गरेको शनिबार पुष्टि गरेको छ। यो प्रक्षेपण शुक्रबार राति ११:५१ बजे (स्थानीय समय अनुसार) दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा अवस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो। इसरोले ‘एक्स’ (ट्विटर) ...

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे। उनले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित ...


