भारतमा १२ वर्षमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको दाबी

भारतमा पछिल्लो १२ वर्षमा गरिबीको दर उल्लेख्य रूपमा घटेको विश्व बैंकले जनाएको छ। विश्व बैंकले अक्टोबर २०२६ मा सार्वजनिक गरेको ‘पोभर्टी एन्ड इक्विटी ब्रिफ’ प्रतिवेदनअनुसार सन् २०११ देखि २०२३ सम्म भारतका ४९ करोड ६० लाख मानिस प्रतिदिन ४.२० अमेरिकी डलरको न्यून मध्यम आयस्तरको गरिबीको रेखाभन्दा माथि उक्लिएका छन्। प्रतिवेदनअनुसार यस अवधिमा भारतको गरिबी दर ५७.७ प्रतिशतबाट घटेर १६.१ प्रतिशतमा झरेको छ। त्यस्तै, चरम गरिबीको दर २७.१ प्रतिशतबाट घटेर २.६ प्रतिशतमा सीमित भएको छ। यस अवधिमा भारतमा रोजगारीको अवसर पनि बढेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१७ देखि २०२३ सम्म १३ करोड ४० लाख रोजगारी थपिएको छ। यो वृद्धि काम गर्ने उमेरको जनसङ्ख्यामा भएको वृद्धिभन्दा झन्डै दोब्बर हो। त्यस्तै, सन् २०२२ को सर्वेक्षणअनुसार भारतको ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ। विश्व बैंकले बढ्दो उपभोग, रोजगारीका अवसरमा भएको विस्तार, विशेषगरी महिलाको रोजगारीमा वृद्धि तथा खाद्यान्न अनुदानलगायत सामाजिक सुरक्षाका कार्यक्रमलाई गरिबी घट्नुका प्रमुख कारणका रूपमा औँल्याएको छ। तर गरिबी घटे पनि भारतमा आर्थिक असमानता, रोजगारीको गुणस्तर र क्षेत्रगत विकासको अन्तर अझै चुनौतीका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। सन् २०२३ मा सबैभन्दा बढी आय गर्ने १० प्रतिशत श्रमिकको औसत आय सबैभन्दा कम आय गर्ने १० प्रतिशतको तुलनामा १३ गुणा बढी रहेको प्रतिवेदनमा जनाइएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

५ ओभरको खेलमा सुदूरपश्चिमलाई विराटनगरको १०६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई १०६ रनको लक्ष्य दिएको छ । ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ । पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि ...

थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ
१४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक गएका थिए । सम्मेलनमा मन्त्री… ...

सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको छ । मैदान सुकाउन समय लागेका कारण खेल ५-५ ओभरको खेल हुने छ । ...


