भारतमा पक्राउ परेका नेपाली वनएक्स बेटका एजेन्ट रहेको खुलासा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाँ उड्ने तयारीमा रहेका नेपाली नागरिक दिनेश खड्का भारतको लखनउ विमानस्थलमा पक्राउ परेका छन् । भारतीय राहदानी प्रयोग गरी यात्रा गर्न लागेको आरोपमा उनलाई बुधबार बिहान अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका हुन् । खड्का कैलालीको लम्कीचुहा नगरपालिका–१० का बासिन्दा रहेको खुलेको छ । उनी भारतको लखिमपुर खिरीका नरेश कुमारका छोरा ‘दिलीप कुमार’को नाममा जारी भारतीय राहदानी प्रयोग गरेर सारजहाँ जान लागेका थिए । नियमित जाँचका क्रममा उनको राष्ट्रियतामाथि शंका लागेपछि भारतीय अधिकारीहरूले कागजात छानबिन गरेका थिए । सोधपुछका क्रममा उनले आफू नेपाली नागरिक भएको स्वीकार गरेपछि नेपाली नागरिकताको प्रमाणपत्र, प्यान कार्डलगायत कागजात फेला परेको बताइएको छ । खड्काविरुद्ध भारतीय प्रहरीले किर्ते सरकारी पहिचानपत्र प्रयोग गरेको, किर्ते कागजातलाई सक्कलका रूपमा प्रयोग गरेको तथा राहदानी प्राप्त गर्न झुटो विवरण पेस गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । खड्काको नाम नेपालमा यसअघि पनि अवैध अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको थियो । २०८० सालमा नेपाल प्रहरीले गरेको अनुसन्धानमा उनी वनएक्स बेटका मुख्य एजेन्टका रूपमा खुलेका थिए । प्रहरीले त्यतिबेला खड्काले वनएक्स बेटमार्फत करिब ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको र विभिन्न व्यक्तिको नाममा बैंक खाता खोलेर सट्टेबाजीको रकम चलाएको जनाएको थियो । प्रहरी अनुसन्धानमा खड्काले अन्य व्यक्तिका नागरिकता प्रयोग गरी बैंक खाता खोल्ने र ती खातामार्फत वनएक्स बेटको रकम कारोबार गर्ने गरेको समेत खुलेको थियो । पछि उनीमाथि अरूको नागरिकता दुरुपयोग गरेको आरोपमा समेत अनुसन्धान भएको थियो । भारतमा भने अहिले उनको पक्राउ भारतीय राहदानी तथा पहिचानसम्बन्धी कसुरमा भएको बताइएको छ । भारतीय अधिकारीहरूले उनको पुरानो वित्तीय तथा अनलाइन सट्टेबाजी गतिविधिसँग सम्बन्धित पक्षमा समेत अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकताका साथ उठाउँछौँ : परराष्ट्रमन्त्री खनाल
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने बताएका छन् । टर्किएमा यसै महिना आयोजना हुने कोप–३१ को पूर्वतयारीका सन्दर्भमा आज काठमाण्डुमा आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा उनले भने, “आगामी कोप–३१ मा नेपालले पर्वतीय एजेन्डा, जलवायुजन्य क्षति तथा […] ...

दुई-तीन रंगशाला तत्कालै बनाउन आवश्यक छ, बालेनको उपस्थितिले उत्साहित छौं: पारस खड्का (भिडिओ वार्ता)
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। एनपीएल चलिरहँदा नेपाल क्रिकेट संघ (क्यान) प्रति समर्थकको भरोसा त छ नै, सँगसँगै थप व्यवस्थित हुने अपेक्षा पनि त्यतिकै छ। त्यसलाई सम्बोधन गर्नका लागि क्यानले प्रयास गरिरहेको जनाएको छ। एनपीएललाई आइसीसीले मान्यता दिएपछ... ...

मुस्ताङमा पथ प्रदर्शकको मृत्यु
मुस्ताङ । मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ । सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो । पथ प्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला ...

इनम सापकोटा प्रकरण : अनुसन्धान तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूतर्फ सोझियो
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । इनमसँग सम्पर्क देखिएपछि लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील भट्टलाई पनि... ...


