Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भारतमा डाटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती

भारतमा डाटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा डाटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती

भारतका समाचार प्रकाशकहरूले डाटा गोपनीयतासम्बन्धी नयाँ नियमले प्रेस स्वतन्त्रता र खोजमूलक पत्रकारितालाई कमजोर पार्ने भन्दै चुनौती दिएपछि सर्वोच्च अदालतले मङ्गलबार सरकारसँग जवाफ मागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन कार्यान्वयन गर्न गत वर्ष नयाँ नियम ल्याएको थियो। तर, आलोचकहरूले नियमको दायरा फराकिलो भएकाले जनहितमा गरिने पत्रकारिता प्रभावित हुन सक्ने बताएका छन्। भारतका प्रमुख समाचार संस्थाहरूको प्रतिनिधित्व गर्ने डिजिटल न्युज पब्लिसर्स एसोसिएसन (डीएनपीए) ले दायर गरेको निवेदनमा नयाँ नियमले पत्रकारिताका लागि कुनै छुट नदिएको र यसले समग्र पत्रकारिता क्षेत्रलाई जोखिममा पारेको उल्लेख छ। यस संस्थामा अर्बपति मुकेश अम्बानीको रिलायन्स समूहअन्तर्गतको नेटवर्क १८ र गौतम अडानीको स्वामित्वमा रहेको एनडीटीभी पनि आबद्ध छन्। दुवै व्यवसायी मोदीका निकट मानिन्छन्। डीएनपीएकी सुजाता गुप्ताले एएफपीसँग कुरा गर्दै नयाँ नियमले खोजमूलक पत्रकारितामा असर पार्नुका साथै सूचनाका स्रोतहरूलाई जोखिममा पार्न सक्ने बताइन। युरोपेली सङ्घसहित विश्वका विभिन्न क्षेत्रमा डेटा गोपनीयतासम्बन्धी कानुनमा पत्रकारिताका लागि विशेष छुटको व्यवस्था गरिएको छ। अन्तरराष्ट्रिय सञ्चार निगरानी संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले पनि पत्रकारिताका लागि छुट नदिई सबै प्रशोधित व्यक्तिगत डेटा खुलाउनुपर्ने व्यवस्थाले खोजमूलक पत्रकारितामा गम्भीर बाधा पु¥याउन सक्ने जनाएको छ। संस्थाका अनुसार यस्तो व्यवस्थाले अनियमितता र गलत कामको पर्दाफास गर्ने व्यक्तिहरूलाई सूचना सार्वजनिक गर्न निरुत्साहित गर्न सक्छ। भारतमा स्वतन्त्र अधिकारकर्मी र साना समाचार संस्थाहरूले पनि सूचनाको अधिकार (आरटीआई) कानुनमा व्यक्तिगत जानकारीसम्बन्धी छुटलाई लिएर गरिएका परिवर्तनविरुद्ध चुनौती दिएका छन्। खोजमूलक समाचार वेबसाइट ‘द रिपोर्टर्स कलेक्टिभ’ ले दायर गरेको निवेदनमा आरटीआई ऐनबाट जनहितलाई प्राथमिकता दिने व्यवस्था हटाउँदा सरकारी निकायले सार्वजनिक गतिविधि वा जनहितसँग प्रत्यक्ष सम्बन्धित सूचना पनि व्यक्तिगत जानकारी भन्दै रोक्न सक्ने चिन्ता व्यक्त गरिएको छ। आलोचकहरूले मोदी नेतृत्वको हिन्दु राष्ट्रवादी सरकारले प्रेस स्वतन्त्रता कमजोर पार्दै आएको आरोप लगाउँदै आएका छन्। सरकारले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ। यस मुद्दामा सर्वोच्च अदालतले नोभेम्बर १७ मा पुनः सुनुवाइ गर्नेछ।–रासस The post भारतमा डाटा गोपनीयतासम्बन्धी नयाँ नियमलाई सर्वोच्च अदालतमा चुनौती appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने

एनभिडिया र मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) सहायक तथा सम्बन्धित मोडलको विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। मंगलबार दुवै कम्पनीले साझेदारी गहिरो बनाउने घोषणा गरेका हुन्। यसअन्तर्गत एनभिडियाले मेटाको सेयर निष्कासनमा ३ अर्ब डलर लगानी गर्नेछ। मेटाका ‘म्युज’ एआई मोडल तथा एजेन्टहरू एनभिडियाको पूर्वाधारमा सञ्चालन हुँदै आएका छन्। अब दुवै कम्पनीले ती मोडलको कार्यक्षमता बढाउन र सञ्चालन लागत घटाउन थप सहकार्य गर्नेछन्। मेटाका ...

टेक्नोलोजी खबर
एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति
प्रविधिJust now

एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ। हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित ...

टेक्नोलोजी खबर
एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो
प्रविधिJust now

एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो

१० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करण अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै महत्त्वपूर्ण जित हात पारेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा […] The ...

आइसिटी फ्रेम
Royal Enfield Classic 350 जित्ने अवसर: इनड्राइभको प्लाटिनम गिभअवे क्याम्पेन सुरु
प्रविधिJust now

Royal Enfield Classic 350 जित्ने अवसर: इनड्राइभको प्लाटिनम गिभअवे क्याम्पेन सुरु

१० कात्तिक, काठमाडौं। इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभर पार्टनर्सलाई रोयल इन्फिल्डदेखि इ– स्कुटरसम्म जित्ने अवसर चार हप्तासम्म सञ्चालन हुने क्याम्पेनमा साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर, बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘‘इनड्राइभ प्लाटिनम […] The post Royal Enfield ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play