Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमाथि न्युजिल्याण्डको सानदार जित

भारतमाथि न्युजिल्याण्डको सानदार जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमाथि न्युजिल्याण्डको सानदार जित

काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४९ बलमा १०७ रनको शतकीय इनिङ खेले र म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, माइकल ब्रेसवेलले २५ बलमा ६५ रन र फिन एलेनले १७ बलमा ३१ रन बनाए। भारततर्फबाट मयंक यादवले ३ विकेट लिए भने अर्शदीप सिंह र अक्षर पटेलले समान १-१ विकेट हात पारे। २६० रनको ठूलो लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। भारतका लागि तिलक वर्माले ३५, नमन धिरले २८ र अभिषेक शर्माले २७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। न्युजिल्याण्डको कसिलो बलिङसामू जेकब डफीले सर्वाधिक ४ विकेट लिए भने मिचेल स्यान्टनर र म्याथ्यू फिशरले २-२ विकेट लिए। पाँच खेलको यस टी-२० शृङ्खलामा भारत अझै ३-१ ले अगाडि छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता
ताजा खबरJust now

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता

टोकियो । जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । मियाकोजिमा कोस्ट गार्ड कार्यालयलाई स्थानीय समय अनुसार बिहान करिब ८ः१५ बजे आगलागीको खबर प्राप्त भएको थियो । पछि, जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ ...

केन्द्रबिन्दु
पत्रकारमाथि धरपकडबारे रविकिरणको टिप्पणी : विनाशकाले विपरीत बुद्धि
ताजा खबरJust now

पत्रकारमाथि धरपकडबारे रविकिरणको टिप्पणी : विनाशकाले विपरीत बुद्धि

काठमाण्डु- जेन-जी अगुवा रवि किरण हमालले सञ्चारगृहभित्र प्रहरी पठाएर पत्रकार पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाउँदै यस्तो राज्यीय व्यवहार तत्काल बन्द गर्न माग गरेका छन्। पत्रकारमाथि प्रहरीको धरपकड र सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाक्रम सार्वजनिक भइरहेका बेला हमालले सत्ता आलोचनादेखि डराएर प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नु लोकतन्त्रविरुद्धको कदम भएको बताएका हुन्। उनले राज्यका सम्पूर्ण संयन्त्र कार्यपालिका, व्यवस्थापिका […] ...

काठमाण्डुपाटी
डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत पक्राउ
ताजा खबरJust now

डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत पक्राउ

काठमाडौँ। प्रहरीले अनलाइन सञ्चार माध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबिचको... ...

रातोपाटी
गम्भीर तनावमा रहेको भन्दै इस्टुले मागिन् माफी र सहयोग
ताजा खबरJust now

गम्भीर तनावमा रहेको भन्दै इस्टुले मागिन् माफी र सहयोग

काठमाडौं । चर्चित कन्टेन्ट क्रियटर इस्टु कार्कीले आफू पछिल्लो समय गम्भीर मानसिक तनावबाट गुज्रिरहेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरेकी छन्। उनले आफूलाई कसैले दुःख दिइरहेको र ब्ल्याकमेलिङ गरिरहेको हुन सक्ने संकेत गरेकी छन्। टिकटक लाइभमा भावुक हुँदै उनले केही दिनयता आफ्नो जीवनमा अनौठा घटना भइरहेको बताएकी छन्। आफूलाई यस्तो अवस्थामा पुर्‍याउनुको कारण बुझ्न नसकेको बताउँदै उनले सम्बन्धित व्यक्तिलाई आफूबाट कुनै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play