Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन गरिएको पहलपछि भारतीय आयल कर्पोरेसनले एकै दिन १६१ बुलेट ग्यास लोड गरेको छ । नेपाल आयल निगमका अनुसार नोभेम्बर २६ मा १६१ बुलेट ग्यास लोडिङ भएको हो । सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट मात्रै लोड हुँदै आएको थियो । निगमले भारतीय आयल कर्पोरेसनसँग समन्वय गरी लोडिङ बढाउन अनुरोध गरेको थियो । लोडिङमा भएको वृद्धिले बजारमा ग्यास आपूर्ति व्यवस्थापन सहज हुने निगमको अपेक्षा छ । निगमका अनुसार हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रहेको छ । सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी र वितरण प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गरिरहेको जनाएको छ । The post भारतबाट एकैदिन १६१ बुलेट एलपी ग्यास लोडिङ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Latest NewsJust now

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर । धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आज साँझ करिब ५ बजे... ...

रातोपाटी
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी
Latest NewsJust now

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका ...

टक्सार
करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै
Latest NewsJust now

करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यसहित सरकारले नीतिगत तथा संस्थागत तयारी थालेको हो। महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक ...

नेपालन्युज
विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ :  ऊर्जामन्त्री श्रेष्ठ
Latest NewsJust now

विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ : ऊर्जामन्त्री श्रेष्ठ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले आज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement