भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी

टेक्सास।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहोर्याएका छन्। आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँच वटा व्यापारिक दबाबबाट समाधान भएको उनको भनाइ छ। टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा उनले दुवै देशका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताए। उक्त दबाबपछि युद्धविराम भएको र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उनको दाबी छ। भारतले भने द्वन्द्व रोक्न बाह्य मध्यस्थताको भूमिका रहेको दाबी अस्वीकार गर्दै आएको छ। भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले भारतीय समकक्षीसँग आग्रह गरेपछि अपरेसन सिन्दूरका क्रममा युद्धविराम भएको थियो। भारतले पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको जवाफमा मे ७ मा उक्त अभियान सुरु गरेको र मे १० मा रोकेको थियो। ट्रम्पले आठ युद्ध समाधान गरेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पनि गरेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि उनले छनोटको आलोचना गर्दै आएका छन्। –रासस /एएनआई
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
चक्रवात प्रभाव : अन्नपूर्ण पदयात्रा स्थगित गर्न आग्रह
ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक ११ गते । मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण प्रतिकूल मौसम हुने चेतावनी दिएपछि म्याग्... ...

मापसेले परिवारभित्र बढ्दै अपराध
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), कात्तिक ११ गते। गुल्मीमा मादक पदार्थको आड्मा परिवार भित्रै हत्याका घटना बढ्दै गएका छन् । १० महिनामो अवधीमा परिवारभित्र चार वटा हत्या मदिरा सेवनकै का... ...

इजरायलमा सरकार गठनका लागि अरब दलहरू विपक्षीसँग वार्तामा
काठमाडाैँ। इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद अहमद तिबीले बुधबार बताएका छन्। इजरायलमा अरब... ...

नेतान्याहूलाई सत्ताबाट हटाउन अरब दलहरू विपक्षी गठबन्धनसँग वार्तामा
अरब नेतृत्वको 'जोइन्ट लिस्ट' गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता सुरु गरेको छ। ...


