काठमाडौं । प्रतिकूल परिस्थितिका बाबजुद निरन्तर व्यवसाय सञ्चालन गर्दै राजस्वमा महत्त्वपूर्ण योगदान पुर्याएको र रोजगारी सिर्जना गरेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनीसहित उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन्। व्यवसाय सञ्चालनमा विभिन्न चुनौती आए पनि निरन्तर सेवा प्रवाह, राजस्वमा योगदान तथा रोजगारी सिर्जनामा पुर्याएको भूमिकाको कदर गर्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो। यस्तै, व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह र बैंक, वित्तीय संस्था तथा बीमा कारोबारतर्फ नबिल बैंक सम्मानित भएको छ। पर्यटन व्यवसायीतर्फ सोल्टी होटल पुन: सम्मानित भएको छ।वस्तु व्यापारको कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सीजी इम्पेक्स प्रालि सम्मानित भएको छ। The post भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भाटभटेनी सुपरमार्केटलाई सरकारको विशेष सम्मान

Read Complete Original Article
Published originally on कर्पोरट खबर






