भाकल पूरा गर्न भारतका मन्दिरमा जाँदै छु : रवि लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको बताएका छन् । तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्ने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले धार्मिक यात्रामा निस्किएको लामिछानेले बताए । उनले आफ्नो भारत भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन् । लामिछानेको निजी सचिवालयले पनि भ्रमण पूर्ण रूपमा निजी तथा आध्यात्मिक प्रकृतिको भएकाले यसलाई अतिरञ्जित नगर्न र राजनीतिक रंग नदिन आग्रह गरेको छ । भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । तीनदिने भ्रमण सकेर उनी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । The post भाकल पूरा गर्न भारतका मन्दिरमा जाँदै छु : रवि लामिछाने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग ...

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता
काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा पटक-पटक च्याम्पियन बनिन् । तर भनिन्छ... ...

तीन महिनामै खाद्यको व्यापार करोड भन्दा बढी
साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख सात सय ५० रुपैयाँको व्यापनर गरेको हो । ...

एनपीएल उद्घाटनको टिकट आधाघण्टामै सोल्ड आउट
(एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । ...


