Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भाकल पूरा गर्न बुढासुब्बामा भीड

भाकल पूरा गर्न बुढासुब्बामा भीड

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाकल पूरा गर्न बुढासुब्बामा भीड

सुनसरी।धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ। बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ। भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन्। यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन्। तरहराकी निर्मला बस्नेतले दशैंका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताइन्। मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उनले जानकारी दिइन्। बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आएका एमडी जम्मेलले बडादशैं सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको संख्या बढ्ने गरेको बताए। महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उनी दङ्ग छन्। उनले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आएका छन्। एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो। समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ। त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ। बुढासुब्बा मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजाआराधना गर्ने गर्छन्। भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ। पोथी उपलब्ध नभए अण्डा चढाइन्छ। विजयपुरमा नै प्रसिद्ध शक्तिपीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायत मन्दिर छन्। बडादशैंका अवसरमा दन्तकालीमा भक्तजनको बढी चहलपहल हुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो
ताजा खबरJust now

दसैँको रमझमसँगै धान भित्र्याउने चटारो

दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा किसानलाई धान काटेर भित्र्याउने चटारो छ। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न, सुकाउन र थन्क्याउन किसान व्यस्त छन्। कतै परिवारका सदस्य मिलेर खेतमा धान काटिरहेका छन् त कतै काटेको धानका भारी बोकेर घर पुर्‍याउने र दाइँ गरेर अन्न छुट्याउने तयारी भइरहेको छ। नेपाली समाजमा दसैँ र खेतीपातीको आफ्नै सम्बन्ध छ। वर्षभरि खेतबारीमा पसिना बगाएका किसानका लागि ...

नेपालन्युज
जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार
ताजा खबरJust now

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीया युवतीलाई जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले... ...

रातोपाटी
श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म
ताजा खबरJust now

श्रम र श्रमदान : पुर्खाको पसिनादेखि वर्तमान विकाससम्म

मानव समाजको इतिहास केवल ठूलो राजनीतिक परिवर्तन, युद्ध र शासन व्यवस्थाको इतिहास मात्र होइन । यो मानिसले आफ्नो समय, सीप, श्रम र सामूहिक प्रयासबाट निर्माण गरेको इतिहास पनि हो ।... ...

रातोपाटी
रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन
ताजा खबरJust now

रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play