भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

बागमती । मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएका गरगहना तथा सिक्कासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए । बरामद गरिएका गहना र सिक्काको बजार मूल्य करिब रु ४० लाख ६९ हजार ६६१ बराबरको जनाइएको छ । ती गहना र सिक्कासहित चाँदीको तौल १४ किलो १८० ग्राम छ । ती सामग्री ओसारपसारमा संलग्न भारत मोतिहारीका रमेशकुमार साह सोनार, चन्दादेवी सोनार, अजित साह सोनार र नन्दनीकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ गरिएका व्यक्तिसहित बरामद गरिएको सामग्री भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सुदूरपश्चिमको कमजोर शुरूआतबारे यसो भन्छन् प्रशिक्षक उल हक
सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । ...

रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने
काठमाडाैँ। रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ। क्रेमलिनका अनुसार... ...

मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने
काठमाडाैँ। मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ। अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले... ...

मलेसियासँग श्रमिक भर्नाबारे बैठक गर्न नेपालको प्रस्ताव
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयका साथै सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्रको नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । ...


