भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर । भक्तपुरका नेवार समुदायले विजयादशमीका दिन परम्परागत रूपमा मनाइने मोहनी नखः पर्व मनाएका छन् । यस अवसरमा उनीहरूले मान्यजनको हातबाट कालो टीका (मोहनी सिःनं), रातो टीका र जमरा ग्रहण गरेका छन् । नेवार समुदायमा मोहनी नखःको विशेष सांस्कृतिक र धार्मिक महत्त्व छ । नवदुर्गा भवानीको पूजा आराधनाका क्रममा महानवमीको दिन घरघरमा दियो बालेर त्यसबाट निस्किएको कालो ध्वाँसो सङ्कलन गरिन्छ । त्यही कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गर्ने परम्परा रहेको छ । संस्कृतिकर्मी प्रकाश कायस्थका अनुसार विजयादशमीमा शक्ति र विजयको प्रतीकका रूपमा रातो टीका, जमरा र निधारको बीचमा कालो टीका लगाएर मोहनी नखः मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा समेत यस पर्वलाई लिने गरिएको उनले बताए । धार्मिक मान्यताअनुसार त्रिपुरासुन्दरी भगवतीले महिषासुर राक्षसको वध गरेको प्रसङ्गसँग पनि यस पर्वलाई जोडेर हेरिन्छ । मोहनी सिःनंलाई तान्त्रिक तथा आध्यात्मिक शक्तिको प्रतीकका रूपमा ग्रहण गर्ने परम्परा नेवार समुदायमा रहिआएको छ । मोहनी नखःका अवसरमा भक्तपुरस्थित ब्रह्मायणी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । घरघरमा कालो टीका लगाएपछि बाजागाजासहित ब्रह्मायणी मन्दिर पुगेर पूजा तथा दर्शन गर्ने चलनअनुसार हजारौँ भक्तजन मन्दिर पुगेका छन् । यस पर्वको समापन भने तलेजुमा हुने खड्ग जात्रासँग जोडिएको छ । मध्यरातमा तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि नवदुर्गा देवगण ब्रह्मायणीबाट तलेजु पुगेर पूजा तथा विधि पूरा गर्ने परम्परा रहेको कायस्थले बताए । त्यसपछि नवदुर्गा र खड्ग जात्रासहित तलेजुको रथयात्रा तथा नगर परिक्रमा गरिन्छ । तलेजुको वाहन मानिने सेतो घोडासमेत जात्रामा सहभागी हुने परम्परा छ । मोहनी नखः कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण नरहे पनि तन्त्रयानको प्रादुर्भावसँगै यो पर्व मनाउन थालिएको मान्यता छ । राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट तलेजु भवानीलाई नेपाल ल्याएपछि मोहनी नखः मनाउन थालिएको भन्ने जनश्रुतिसमेत प्रचलित छ । मोहनी नखःको अर्को विशेषता ‘नखत्या’ हो । यस अवसरमा छोरीचेलीलाई निमन्त्रणा गरेर भोज खुवाउने चलन रहेको छ । नेवार समुदायसँगै बौद्ध धर्मावलम्बीले पनि आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यो पर्व मनाउने गरेका छन् । The post भक्तपुरका नेवार समुदायले मनाए मोहनी नखः, ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुइँचो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
काठमाडाैँ। जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्। युरोपभर बढ्दो... ...

यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा, भारतसँग पनि भिड्ने
नेपालमा हुने खेल काठमाडौंका दुई मैदानमा विभाजन गरिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६ वटा खेल हुनेछन् । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ खेल सञ्चालन हुनेछन् । ...

नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप
काठमाडौं । नेपालसँग नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका चार टोलीले यसअघि नै एकदिवसीय विश्वकप खेलिसकेका छन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विश्वकपको मुख्य प्रतियोगितामा सहभागिता जनाइसकेका हुन्। यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन्। नामिबियाले भने सन् २००३ मा पहिलोपटक विश्वकप खेलेको थियो। हाल यी चारै टोली नेपालसँगै सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट हुने ...

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित
काठमाडाैँ। फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ। हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने... ...


