ब्लुस्काईले पछिल्लो अपडेटमा थप्यो आईप्याड समर्थन

ब्लुस्काईले आफ्नो पछिल्लो अपडेटमा केही नयाँ सुविधा थपेको छ। तीमध्ये मुख्य सुविधा आईप्याडका लागि परीक्षणका रूपमा समर्थन उपलब्ध गराउनु हो। यी परिवर्तनपछि एप्पलका ट्याब्लेटमा यो सामाजिक सञ्जाल अझ राम्रो देखिने र सहज रूपमा चल्ने अपेक्षा गरिएको छ। ब्लुस्काईको आईप्याड एपमा कुनै समस्या वा असामान्य व्यवहार देखिएमा प्रयोगकर्ताले सेटिङ्स मेनुको ‘बिटा फिचर्स’ खण्डबाट आफ्नो प्रतिक्रिया दिन सक्छन्। इन्ग्याजेटका अनुसार अर्को अपडेटले आफ्नो सामग्रीको प्रचार गर्न चाहने प्रयोगकर्तालाई लक्षित गरेको छ। अब ब्लुस्काईका प्रयोगकर्ताले आफ्नो प्रोफाइलको माथिल्लो भागमा अन्य प्लेटफर्मका लिङ्क राख्न सक्छन्। कम्पनीका अनुसार, यो सुविधाले सामग्री सिर्जना गर्ने व्यक्तिलाई ब्लुस्काईका दर्शकबाट थप सहयोग प्राप्त गर्न मद्दत गर्नेछ। यसका लागि प्रयोगकर्ताले आफ्नो प्रोफाइललाई प्याट्रिअन वा को-फाईजस्ता आर्थिक सहयोग जुटाउने प्लेटफर्मसँग जोड्न सक्छन्। साथै, आफ्नो वेबसाइट, न्युजलेटर वा अन्य सामग्रीका लिङ्क पनि राख्न सक्छन्। यस सुविधाले सामाजिक सञ्जालका पोस्टमा धेरै प्रयोग हुने ‘लिङ्क इन बायो’ भन्ने वाक्यांशको प्रयोगसमेत घटाउन सक्छ। अब बाह्य वेबसाइटका लिङ्क थप्न प्रोफाइल सम्पादन गर्ने मेनुमा रहेको ‘लिङ्क्स’ खण्ड प्रयोग गर्न सकिन्छ। The post ब्लुस्काईले पछिल्लो अपडेटमा थप्यो आईप्याड समर्थन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

यूरोपेली दूरसञ्चार कम्पनीहरू एआई–आरएएनप्रति उत्साहित रहेको एनभिडिया र नोकियाको दाबी
अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले यूरोपमा आयोजित आफ्नो सम्मेलनलाई उपयोग गर्दै आफ्ना उत्पादन प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूसँगका विभिन्न पहल सार्वजनिक गरेको छ। बर्लिनमा आयोजित एनभिडियाको जीटीसी (जीपीयू टेक्नोलोजी कन्फरेन्स) मा कम्पनीले नोकिया र प्रमुख दूरसञ्चार सेवा प्रदायकसँग मिलेर नेटवर्कलाई वितरित कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको हो। यससँगै यूरोपका विभिन्न दूरसञ्चार कम्पनीले पनि आफ्नो नेटवर्कमा जीपीयू प्रयोग गर्ने ...

रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्यो मुद्दा
अमेरिकाको रोड आइल्यान्ड राज्यका महान्यायाधिवक्ता पिटर एफ. नेरोन्हाले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापन गरेको विषयमा मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। मुद्दामा सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा हुने ठगीपूर्ण विज्ञापन रोक्न पर्याप्त काम नगरेको आरोप लगाइएको छ। त्यस्ता विज्ञापनबाट कम्पनीले आम्दानी गर्ने भएकाले मेटाले ठगी नियन्त्रण गर्न कडा कदम नचालेको पनि मुद्दामा दाबी गरिएको छ। नेरोन्हाले भने, “रोड आइल्यान्ड र अमेरिकाका धेरै नागरिकसँग जोडिएको कम्पनीका ...

ह्वावेको समर्थन प्राप्त चेरीको ‘लक्सिड’ले स्वतन्त्र कार निर्माण अनुमतिपत्र पाउने, आईपीओ ल्याउने योजना
ह्वावे र चेरीको संयुक्त प्रयासमा सिर्जना गरिएको विद्युतीय सवारी ब्रान्ड ‘लक्सिड’ (Luxeed) ले चाँडै नै स्वतन्त्र सवारी साधन निर्माण अनुमतिपत्र प्राप्त गर्न लागेको छ। लक्सिडसँग आबद्ध एक स्रोतले चिनियाँ पत्रिका ‘यिचाई’ लाई जानकारी दिए अनुसार, यस ब्रान्डले भविष्यमा छुट्टै कम्पनीको रूपमा सूचीकृत हुने योजना बनाएको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले शुक्रबार मोटर सवारी साधन निर्माता र उत्पादनहरूसम्बन्धी ...


