Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्‍यो मुद्दा

रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्‍यो मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्‍यो  मुद्दा

अमेरिकाको रोड आइल्यान्ड राज्यका महान्यायाधिवक्ता पिटर एफ. नेरोन्हाले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापन गरेको विषयमा मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। मुद्दामा सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा हुने ठगीपूर्ण विज्ञापन रोक्न पर्याप्त काम नगरेको आरोप लगाइएको छ। त्यस्ता विज्ञापनबाट कम्पनीले आम्दानी गर्ने भएकाले मेटाले ठगी नियन्त्रण गर्न कडा कदम नचालेको पनि मुद्दामा दाबी गरिएको छ। नेरोन्हाले भने, “रोड आइल्यान्ड र अमेरिकाका धेरै नागरिकसँग जोडिएको कम्पनीका लागि उपभोक्ता सुरक्षाको उच्च मापदण्ड कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ। आरोपअनुसार, मेटाले जोखिममा रहेका प्रयोगकर्तालाई जानीजानी ठगी र धोखाधडीको जोखिममा पारेको छ र त्यसबाट ठूलो नाफा कमाएको छ। ठूला हुन् वा साना, कुनै पनि कम्पनीले रोड आइल्यान्डका उपभोक्ताको फाइदा उठाउँछन् भने तिनलाई जवाफदेही बनाउन हाम्रो कार्यालयले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सबै आवश्यक कदम चाल्नेछ।” इन्ग्याजेटका अनुसार राज्यले दायर गरेको मुद्दाबारे सबैभन्दा पहिले समाचार प्रकाशित गरेको रोयटर्ससँगको कुराकानीमा मेटाका प्रवक्ता एन्डी स्टोनले कम्पनीले आफ्ना प्लेटफर्मबाट १५ करोड ९० लाखभन्दा बढी ठगीपूर्ण विज्ञापन हटाएको बताए। स्टोनले भने, “महान्यायाधिवक्ताले रोड आइल्यान्डका नागरिकलाई ठगीबाट जोगाउन हामीले गरिरहेका कामबारे छलफल गर्न अस्वीकार गरे। त्यसको सट्टा उनले राज्यबाहिरको एउटा निजी कानुनी फर्मलाई नियुक्त गरेर मुद्दा तयार गराएका छन्, जसले ठगी नियन्त्रण गर्न हामीले दैनिक रूपमा गर्दै आएका विभिन्न कामलाई बेवास्ता गरेको छ।” महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, कथित निष्क्रियतालाई लिएर मेटाविरुद्ध कदम चाल्ने रोड आइल्यान्ड पहिलो अमेरिकी राज्य हो। तर, यो विषयमा सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा परेको पहिलो घटना भने होइन। अमेरिकाको कन्ज्युमर फेडरेसनले अप्रिलमा मुद्दा दायर गरेको थियो भने क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीले पनि मे महिनामा मुद्दा दायर गरेको थियो। रोयटर्सको सन् २०२५ को एक प्रतिवेदनअनुसार, मेटाका विभिन्न नेटवर्कमा देखिने ठगीपूर्ण विज्ञापनले कम्पनीलाई अर्बौँ डलर आम्दानी गराइरहेको हुन सक्छ। यस्तो आम्दानी कम्पनीको कुल राजस्वको १० प्रतिशतसम्म हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। मेटाले केही नक्कली विज्ञापन पछाडि रहेका व्यक्तिहरूविरुद्ध कारबाही गर्दै तिनका गतिविधि बन्द गराएको छ भने अन्य विज्ञापन सिर्जना गर्नेहरूविरुद्ध मुद्दासमेत दायर गरेको छ। कम्पनीले यस वर्षको सुरुतिर शङ्कास्पद सन्देशबाट प्रयोगकर्तालाई जोगाउन केही नयाँ सुरक्षा सुविधा पनि थपेको थियो। The post रोड आइल्यान्डले ठगीसम्बन्धी विज्ञापनको व्यवस्थापनलाई लिएर मेटाविरुद्ध दायर गर्‍यो मुद्दा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

यूरोपेली दूरसञ्चार कम्पनीहरू एआई–आरएएनप्रति उत्साहित रहेको एनभिडिया र नोकियाको दाबी
प्रविधिJust now

यूरोपेली दूरसञ्चार कम्पनीहरू एआई–आरएएनप्रति उत्साहित रहेको एनभिडिया र नोकियाको दाबी

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले यूरोपमा आयोजित आफ्नो सम्मेलनलाई उपयोग गर्दै आफ्ना उत्पादन प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूसँगका विभिन्न पहल सार्वजनिक गरेको छ। बर्लिनमा आयोजित एनभिडियाको जीटीसी (जीपीयू टेक्नोलोजी कन्फरेन्स) मा कम्पनीले नोकिया र प्रमुख दूरसञ्चार सेवा प्रदायकसँग मिलेर नेटवर्कलाई वितरित कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको हो। यससँगै यूरोपका विभिन्न दूरसञ्चार कम्पनीले पनि आफ्नो नेटवर्कमा जीपीयू प्रयोग गर्ने ...

टेक्नोलोजी खबर
ब्लुस्काईले पछिल्लो अपडेटमा थप्यो आईप्याड समर्थन
प्रविधिJust now

ब्लुस्काईले पछिल्लो अपडेटमा थप्यो आईप्याड समर्थन

ब्लुस्काईले आफ्नो पछिल्लो अपडेटमा केही नयाँ सुविधा थपेको छ। तीमध्ये मुख्य सुविधा आईप्याडका लागि परीक्षणका रूपमा समर्थन उपलब्ध गराउनु हो। यी परिवर्तनपछि एप्पलका ट्याब्लेटमा यो सामाजिक सञ्जाल अझ राम्रो देखिने र सहज रूपमा चल्ने अपेक्षा गरिएको छ। ब्लुस्काईको आईप्याड एपमा कुनै समस्या वा असामान्य व्यवहार देखिएमा प्रयोगकर्ताले सेटिङ्स मेनुको ‘बिटा फिचर्स’ खण्डबाट आफ्नो प्रतिक्रिया दिन सक्छन्। इन्ग्याजेटका अनुसार अर्को अपडेटले आफ्नो सामग्रीको ...

टेक्नोलोजी खबर
ह्वावेको समर्थन प्राप्त चेरीको ‘लक्सिड’ले स्वतन्त्र कार निर्माण अनुमतिपत्र पाउने, आईपीओ ल्याउने योजना
प्रविधिJust now

ह्वावेको समर्थन प्राप्त चेरीको ‘लक्सिड’ले स्वतन्त्र कार निर्माण अनुमतिपत्र पाउने, आईपीओ ल्याउने योजना

ह्वावे र चेरीको संयुक्त प्रयासमा सिर्जना गरिएको विद्युतीय सवारी ब्रान्ड ‘लक्सिड’ (Luxeed) ले चाँडै नै स्वतन्त्र सवारी साधन निर्माण अनुमतिपत्र प्राप्त गर्न लागेको छ। लक्सिडसँग आबद्ध एक स्रोतले चिनियाँ पत्रिका ‘यिचाई’ लाई जानकारी दिए अनुसार, यस ब्रान्डले भविष्यमा छुट्टै कम्पनीको रूपमा सूचीकृत हुने योजना बनाएको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले शुक्रबार मोटर सवारी साधन निर्माता र उत्पादनहरूसम्बन्धी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play